आन्तरिक उडान नियमितरुपमा सञ्चालन हुने

0
56

काठमाडौं- वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गर्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन् । वायुसेवा सञ्चालक सङ्घले आज बिहान ११ बजेपछि सबै उडान सञ्चालन गर्ने जनाएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गर्दै वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जहाजको बेस व्यवस्थापन निर्देशनको पालना गर्नु वायुसेवा सञ्चालकको कर्तव्य हो, अटेर गरे कानुनबमोजिम प्रस्तुत हुन्छौँ ।”

प्राधिकरणले जारी गरेको जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ त्यहीबाटै पहिलो उडान भर्नुपर्ने तथा नाइट स्पटका लागि त्यही बास बस्नुपर्ने निर्णय गरेको थियो ।-

https://www.ujyaalonepalnews.com/archives/21884

Previous articleआपूर्ति व्यवस्था सहज बनाउन मूल्य समायोजन : मन्त्री बडू
Next articleअछतेदेखि बिहुँ नरेठाटीसम्म सुरुङमार्ग अध्ययन हुँदै