मकवानपुरले खाता खोल्यो: ३७ वर्षका पुरुषलाई देखियो कोरोना; जम्मा संक्रमित २५८ पुग्यो

मकवानपुरले खाता खोल्यो: ३७ वर्षका पुरुषलाई देखियो कोरोना जम्मा संक्रमित २५८ पुग्यो

उज्यालो नेपाल, जेठ २- मकवानपुर जिल्लामा पनि कोरोनको प्रकोप सुरु भएको छ! मकवानपुरका ३७ वर्षीय पुरुषमा कोरोना देखिएको हो ! यो संगै आज शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकु अस्पताल र  भेरी अस्पताल नेपालगन्जमा भएको परिक्षणमा ९ जनामा पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रलयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँके नैनापुर वडा नम्बर १, ३ र ५ का २५ वर्षका दुई जना तथा १८, २०, २२, २७ , ३२ र ३६ वर्षका पुरुष र मकवानपुरका ३७ वर्षका पुरुष गरि थप नौ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका पनि उहाँले बताउनुभयो । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

 

अपडेट: स्वास्थ्य मंत्रालयले आज बिहान सार्वजनिक गरेको कोरोना संक्रमितको तथ्यांकमा मकवानपुरका ३७ बर्षीय युवक भनिएपनि उनी मकवानपुरको बासिन्दा भएको र तर उनी हाल मकवानपुरमा बसोबास नगरेको पाइएको छ ।

ट्रयाक खोलेको २८ वर्षपछि सडक कालोपत्रे

Previous article३ वर्षिय बालकको यस्तो कला देखेर तपाई अचम्ममा पर्नुहुनेछ ( भिडियो)
Next articleसलाम छ यिनी जस्तो जनप्रतिनिधिलाई जसले भारतीय सीमा क्षेत्रमा काँडेतार लगाए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।