३ वर्षिय बालकको यस्तो कला देखेर तपाई अचम्ममा पर्नुहुनेछ ( भिडियो)

३ वर्षिय बालकको यस्तो कला देखेर तपाई अचम्ममा पर्नुहुनेछ ( भिडियो)

झापा- केही समय अगाडि झापाको सडक सडकमा गित गाउने एक बालक भेटिएका थिए । जस बालकमा गित गाउने लगाब र इच्छा देख्दा लाग्थ्यो कि पछि ठुलो गायक नेपालले पाँउदैछ । तर धेरै समय कुर्नै परेन अशोक दर्जी नामक सडकका अन्जान बालक एकाएक चर्चामा आए अहिले निकै स्थापित बाल गायक पनि भइसकेका छन ।

अहिले ठिक उस्तै अचम्म गरि अर्का बालक झापामै भेटिएका छन । निकै सानो उमेरका यी झापाली दुधे बालगायक मात्रै तीन बर्षका छन तर उनको गायकी हेर्दा नपत्याइने खालको छ  तीन बर्षको उमेरमा भर्खर बोली फुटेको र तेति धेरै सिक्न नसक्ने अवस्था हुन्छ तर यी दुधे बालकले जस्तोसुकै अफ्ट्यारो गित पनि सजिलै गाउन सक्छन । उनले तोतेबोलीमा गित गाएको सुन्दा सबै मन्त्रमुग्द भएर सुनिरहन्छन । सानैमा अदभूत कला देखेर गाउलेहरु सबै चकित बनेको बताउछन ।

३ बर्से बालकको यति मीठो स्वर छ कि सुन्ने छक्क परेर एकोहोरो हुन्छन । उनी उनका आठ बर्षका दाजुसंग गित गाउन प्रतिस्पर्धा नै गर्छन । दाजुलाइ कडा टक्कर दिन्छन । हुन त उनका दाजु पनि मात्रै आठ बर्षका तर झापामा निकै राम्रो गाउने बालक भनेर निकै चर्चामा छन अहिले ।

दाजुले गित गाएको सुन्दै सिकेका तीन बर्षका दुधे बालकको गायकी हेर्दा भबिस्य निकै उज्ज्वल देखिन्छ । आज सुपर अनलाइन टिभीका समीर सुवेदीले तिनै दाजुभाइलाई मिडियामा ल्याएका छन ।

अन्तरबार्तामा दाजुभाइले एकपछी अर्को गित गाएर अचम्मै गरेका छन । ३ बर्षका बालकको ८ बर्षका दाजुसंगै दोहोरी चल्दा हासेर भुतुक्कै बनाएका छन । कस्तो गाउछन त तीन बर्षका बालक अनि उनका ८ बर्षका दाजुले तलको भिडियोमा हेर्नुहोस अचम्ममै पर्नुहुनेछ।

कास्कीको धम्पुस केन्द्र भएर भूकम्प

Previous articleहातखुट्टा घिसार्दै जीन्दगी लतार्ने शारदाको संघर्षको कहानी: कस्ले सुनिदेला, कस्ले बुझिदेला ?
Next articleमकवानपुरले खाता खोल्यो: ३७ वर्षका पुरुषलाई देखियो कोरोना; जम्मा संक्रमित २५८ पुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।