कोरोनाबाट धुलिखेलमा मृत्यु भएकी महिलाको शव यसरी ल्याईयो पशुपतिमा [तस्बिरहरु]

कोरोनाबाट धुलिखेलमा मृत्यु भएकी महिलाको शव यसरी ल्याईयो पशुपतिमा [तस्बिरहरु]

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) बाट काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शव पशुपति आर्यघाट ल्याइएको छ । नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टिका लागि पशुपति ल्याइएको हो ।

सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरिसकेको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो । शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको बिहीबार धुलिखेलमा मृत्यु भएको थियो ।

मृत्युपछि अस्पतालमा दुई पटक पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको थियो । थप परीक्षण गर्न उनको स्वाब शनिबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । तस्विर: कान्तिपुर 

कचनकवल गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख

Previous articleकोरोनाले मृत्यु भएमा अन्तिम संस्कार कसरी गरिन्छ? हेर्नुस यस्तो छ नियम
Next articleकोरोनाले ज्यान गुमाउने सुत्केरी महिलाको शव व्यवस्थापन गर्ने यी ४ जना को हुन्?? चिन्नुहोस्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।