Home Uncategorized कचनकवल गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख

कचनकवल गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख

झापा । देशकै सबैभन्दा होचो स्थान रहेको झापाको कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

आज आयोजित दोस्रो गाउँ सभाको प्रथम अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको हो ।

‘दिगो सुशासन, पारदर्शी प्रशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारको दिगो विकास, कचनकवलको अभियान’ भन्ने नाराका साथ गाउँपालिकाले सात वटा उद्देश्यसहित १२ वटा प्राथमिकता क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

गाउँ सभामा वार्षिक नीत तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले कचनकवलवासीको आवश्यकता र चाहनाबमोजिम प्राथमिकता क्षेत्र पहिचान गरी नीति तथा कार्यक्रम निर्माण गरिएको जानकारी दिनुभयो । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, वन संरक्षण, खेलकुद, पर्यापर्यटनलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो ।

प्रदेश नं १ का भूमि व्यवस्था तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीले गाउँ सभाको उद्घाटन गर्नुभएको थियो । उहाँले कृषिको विकासले समृद्धि हासिल गर्न सकिने भन्दै कचनकवलले कृषिलाई प्राथमिकतामा राखेकोमा प्रशंसा गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले स्वागत र योजना प्रमुख केशव मैनालीले स्वागत गर्नुभएको गाउँ सभामा प्रदेश सांसद वसन्त बानियाँ, नेपाली कांग्रेस गाउँ सभापति तुलाराम अधिकारी, नेकपा एमाले गाउँ उपाध्यक्ष चेतराज भट्टराई लगायतले नीत तथा कार्यक्रमको प्रशंसा गर्दै पूर्ण कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/22017

Previous articleविराटनगर महानगरपालिकाद्वारा तीन अर्ब ६२ करोड बजेट प्रस्तुत 
Next articleकाठमाडौँ महानगरपालिकाले ल्यायो आगामी आवका लागि चालुको भन्दा रु सात अर्ब बढीको बजेट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।