काठमाडौँ, २० फागुन । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन् । मंगलबार अपरान्ह मन्त्री खतिवडाले पदबाट राजीनमा दिएका हुन् ।
राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित डा. खतिवडासहित १९ जना सांसदको पदावधि मंगलबार राति १२ बजेबाट सकिँदैछ ।
राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन केही घण्टा मात्रै बाँकी रहँदा उनले राजीनामा दिएका हुन् ।
खतिवडाको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगिसकेको छ ।
उनलाई बुधबार पुनः मन्त्रीमा नियुक्त गर्ने तयारी छ । गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका १९ जनामध्ये खतिवडा पनि एक हुन् ।
The post अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा appeared first on Koshi Online.
चौतारी चितवनको भवन निर्माणका लागि व्यवसायी सापकोटाले गरे आर्थिक सहयोग


