Home Uncategorized आज एकैदिनमा थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

आज एकैदिनमा थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

आज एकैदिनमा थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ सय ७५ पुगेको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको हो । सोमबार संक्रमण पुष्टि भएकाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका नागरिक रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा रौतहटको राजपुर फरहदवा नगरपालिका र इशनाथ नगरपालिकाका १८ देखि ५३ वर्ष उमेर समूहका २६ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराको कलैया र कोटवालीका २ जना पुरुषा तथा गढीमाई नगरपालिकाका २१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भेरी अस्पताल, नेपालगन्ज र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिका ४ पुरुष, ढुंगेधर गाउँपालिकाकी एक महिला गुराँस गाउँपालिकाका २ पुरुष गरी ७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंको टोखाका २ जना पुरुष र बूढानीलकण्ठका एक जनामा पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा बाँकेके दुधवा र राप्ती सोनारी गाउँपालिकाका ४ जना पुरुष र बर्दियाको बाँसगढी गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाको नगराइन नगरपालिका-३ का ३ जना पुरुष तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वरी गाउँपालिकाका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४, ५ र ६ का तीन जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण पुष्टि भएकामध्ये १०५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक र गुल्मीका एक/एक गरी ३ जनाको मृत्यु भएको छ ।

पौडी खेल्दा खोलामा डुबेर चितवनमा एक पुरुषको मृत्यु

Previous articleचितवन नवलपुर क्षेत्रमा भि’षण आं’धी: कयौ घरका छाना उडे, ३ जनाको मृ’त्यु करोडौको क्ष’ती
Next articleभरतपुर अस्पतालको आईसियूमा एक जनाको मृत्यु, कोरोनाको परिक्षण हुँदै स्वाबको नतिजा आउन बाँकी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।