उज्यालो नेपाल, जेठ १३, चितवन । पुर्बी चितवनको रत्ननगर-१५, माधवपुरमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । हाल कोरोना कहरका बेला अस्पतालहरुमा रगतको अभाव देखिएपछी रक्तदान कार्यक्रम आयोजना गरिएको हो! फेसबुकमा भर्खरै मात्र अस्तित्वमा आएको फेसबुक ग्रुप ” साथ सबैको” ले यही जेठ १५ गते बिहीबार बिहान रक्तदान कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक सुसन पन्तले बताए । कार्यक्रमको संरक्षकमा रत्ननगर १५ मै रहेको दिग दर्शन युवा क्लब रहेको छ!
कार्यक्रम रत्ननगर १५ कै नमुना टोल स्थित श्री आधारभुत बिधालयको प्राङ्गणमा हुने अभियानका सदस्य राज कुमार देवकोटाले जानकारी दिए ।




