लकडाउन संगै ह्वात्तै बढे चोर: मध्यरातमा चोरलाई स्थानीयले नांगै समातेपछि
नवलपुर जेठ १३- राती को समयमा चोरी को घटना हुदा गैंडाकोट का स्थानीय बासिन्दा हैरान भएका छन । यसै क्रम मा गैंडाकोट ५ मा रहेकोे जनक नमुना उच्च माध्यमिक विद्यालयमा गए राती १२ बजेको समयमा चोरी को प्रयास हुदाहुदै स्थानीय को सहयोगमा एक जाना चोरी मा संलग्न भएका लाई समातिएको छ । जनक नमुना उच्च माध्यमिक बिद्यालय को सिसि क्यामरा चोर्दै गर्दा स्थानीयले थाह पाएका थिए ।
उक्त चोरी को घटनामा ७/८ जाना को समूह रहे पनि एकजना लाइ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । पक्राउ पर्ने स्थानीय रहेको र घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी ले जनाएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण ले काम नपाउने र समस्या को जोहो गर्नैका लागि पनि चोरी को घटना बढेको अनुमान लगाउन सकिन्छ ।

तर राती पक्राउ परेका युवाले मादक पदार्थ सेवन समेत गरेकाले चोरी कै नियत हो या होइन बुझ्ने र पक्राउ परेका स्थानीय युवा बाट पनि थप अन्यको पहिचान गर्न सहज हुनेछ ,हामी अनुसन्धान को प्रक्रियामा रहेका छौ- ईलाका प्रहरी कार्यालय गैंडाकोट का प्रमुख चन्द्रबहादुर थापाले भनेका छन । रेडियो संकेत
‘श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान’


