चिनियाँ सेनालाई यु’द्धका लागि तयार रहन राष्ट्रपतिले दिए आदेश: भारतीय मिडियाको रु’वाबासी
बेइजिङ : चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना सेनालाई यु’द्धको लागि तयार रहन आदेश दिएका छन् । देशको सार्वभौमसत्ता रक्षाका लागि ख’राब अवस्थाको सामना गर्न तयार रहन उनले आदेश दिए । चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीका नेता सीले सेनालाई ख’राब अवस्थाबारे सोच्ना पनि भनेका छन् । पछिल्लो समय लद्दाखलगायत केही सीमाक्षेत्रमा भारतीय सेनासँग त’नाब बढिरहँदा चिनियाँ राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् ।

गत मार्चयता चिनियाँ सेना र भारतीय सेनाबीच कैयौँ पटक भनाभन र झडप समेत भएको छ । यसबीचमा चिनियाँ सेनाले सीमाक्षेत्रमा बंकर बनाउने तयारी गरेको छ भने भारतीय सेनाले गस्ती बढाएको छ । सिमावर्ती क्षेत्रमा भारतीय सैनिकहरुबीच तनाव उत्पन्न भएको यो पहिलो पटक होइन । यसअघि सन् २०१७ मा बुधबार झडप भएकै क्षेत्रमा दुई वर्षअघि पनि यस्तै परिस्थिति सिर्जना भएको थियो । त्यतिबेला तनाव बढ्दै गएपछि दुवै देशका सैनिकहरु धक्कामुक्की र ढुंगा हानाहानको तहमा ओर्लेका थिए ।

सोही वर्ष सिक्किम नजिकको भारत, भुटान र चीनको त्रिदेशीय सिमा क्षेत्र दोक्लममा करीब साढे दुई महिना भारतीय र चीनियाँ सैनिकबीच हात हालाहालको स्थिति निर्माण भएको थियो । त्यतिबेला एसियाको यी दुई ठूला छिमेकीबीच देखिएको तनाव युद्धमा परिणत हुनेकि भन्ने त्रास समेत सिर्जना भएको थियो ।

विशेषगरी भारतले जम्मुकश्मिरलाई टुक्राएर लद्दाखलाई बेग्लै केन्द्र शासित क्षेत्र घोषणा गरेदेखि यी दुई छिमेकीबीचको सम्बन्धमा केही तिक्तता आएको हो । चीनले लद्दाक क्षेत्र आफ्नो भएको भन्दै भारत सरकारले आफ्नो दाबी गरेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै आएको छ । चीनले भारतको नियन्त्रणमा रहेको अरुणाचल क्षेत्रको अधिकांश हिस्सालाई आफ्नो दाबी गर्दै आएको छ ।


