दु:’खद् खबर: कोरोनाबाट मृ`त्यु हुनेको संख्या ५ पुग्यो, ललितपुरमा एक जनाको मृ`त्यु

दु:’खद् खबर: कोरोनाबाट मृ`त्यु हुनेको संख्या ५ पुग्यो, ललितपुरमा एक जनाको मृ`त्यु

ललितपुर । कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृ*त्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा ५७ वर्षीय पुरुषको ज्या*न गएको हो । उनी ललितपुरको बुङमतीका बासिन्दा हुन् । जेठ ११ गते उनी सो अस्पताल भर्ना भएका थिए। १२ गते उनको स्वाब परीक्षणका लागि पठाइएको थियो। आज १४ गते साँझ उनको मृ*त्यु भएको हो।

 

मृ*त्युलगत्तै आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालालाई उधृत गर्दै ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जनाए। उनी ‘अ*ल्कोहलिक लिभर डिजिज’का कारण अस्पताल भर्ना भएका थिए। सोही निर्वाचन क्षेत्रकी सांसद पम्फा भुसालले पनि एक जनाको मृ*त्यु भएको पुष्टि गरिन्। उनले सामाजिक सञ्जालमा मृ*तकप्रति श्र*द्धाञ्जली समेत व्यक्त गरेकी छन्।

यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ५ पुगेको छ। बुधबार साँझसम्म संक्रमितको संख्या भने ९ सय १ पुगेको छ। बुधबार मात्रै एकैदिन १ सय २९ जना संक्रमित थपिएका छन्।

भोलि चीनबाट करिब २८ टन स्वास्थ्य सामग्री आइपुग्छ : सेना

काठमाडौँ — सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीको तेस्रो लट बिहीबार काठमाडौं ल्याउने भएको छ । त्यसका लागि बुधबार बेलुकी चीनको गोन्जाउको लागि काठमाडौंबाट जहाज उडिसकेको छ । सेनाले समग्रमा तेस्रो लट र जहाजबाट दोस्रो लटमा सामग्री ल्याउन लागेको हो ।

सेनाले पहिलो लटमा स्थलमार्ग तातोपानी नाका हुँदै करिब ८ टन सामग्री ल्याएको थियो भने दोस्रो लटमा जहाजबाट १८.९ टन सामग्री ल्याएको थियो । तेस्रो लटमा करिब २८ टन सामग्री आउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । मन्त्रीपरिषद्को चैत १६ गतेको निर्णय अनुसार स्थापना भएको कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेका कार्यहरुका बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत उनले सो कुरा बताएका हुन् ।

त्यसपछि बाँकि सामग्री भने स्थलमार्गबाटै आउने जनकारी समेत प्रवक्ता पाण्डेले दिए । सेनाले करिब दुई अर्ब २६ करोडमा चीनबाट ६७ थरी स्वास्थ्यसामाग्री खरिद गरेको थियो । त्यसको तौल करिब २ सय ४३ टन रहेको छ । बाँकी सामग्री क्रमशः आइरहने पाण्डेले बताए । उनका अनुसार केही सामग्री तातापानी नाकामा आएर भन्सार जाँचमा पनि रहेका छन् । ती सामग्रीहरुलाई काठमाडौं ल्याएपछि विमानस्थलको १४ बाहिनीको अड्डा भित्र रहेको राष्ट्रिय वेयरहाउसमा सुरक्षित गरि राखिने सेनाले जनाएको छ ।

श्रम मन्त्री र  युएइका राजदुतबीच भेटवार्ता

Previous articleचिनियाँ सेनालाई यु’द्धका लागि तयार रहन राष्ट्रपतिले दिए आदेश: भारतीय मिडियाको रु’वाबासी
Next articleदुई छाक जोहो गर्न बालुवा झिक्न पसेका दम्पतीको ढिस्कोले पु’रिएर मृ’त्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।