सयौं गाउँले मिलेर युवकहरुलाई कु’ट्दै गरेको भिडियो भाईरल हुँदै: रुकुमको घ’टनाको भिडियो हुनसक्ने ( भिडियो तल अन्तिममा हेर्नुहोला)
उज्यालो नेपाल, जेठ १५- गत शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको शंकास्पद भिडियो यतिबेला सामाजिक संजालमा भाईरल भैरहेको छ! ठुलो संख्यामा रहेका गाउँले हरुको समुहले केहि व्यक्तिहरुलाई कुट्दै, भकुर्दै भीरतिर गुल्टाई रहेको दृश्य भिडियोमा देख्न सकिन्छ ! सामाजिक संजालमा धेरैले उक्त भिडियोलाई रुकुमकै घटनाको भिडियो भएको दाबि गरेका छन् ! भिडियो तल अन्तिममा हेर्नुहोला !

सोतीमा भएको घटनामा बेप’त्ता रहेका जाजरकोटका एक किशोरको श’व फेला परेको छ । योसँगै घट’नामा ज्यान गुमा’उनेको संख्या चार पुगेको छ । भेरी नगरपालिका स्थित नदीमा फेला परेको श’व भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय लोकेन्द्र सुनारको रहेको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार डोरीले हा’त बाँधेको अवस्थामा सुनारको श’व फेला परेको हो । उनको टाउकोमा समेत चो’ट लागेको छ ।

जेठ १० गते साँझ रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा भएको घट’नामा जाजरकोटका ६ जना युवक भेरी नदीमा बेप’त्ता भएका थिए। बेप’त्तामध्ये यसअघि ३ जनाको श’व भेटिइसकेको छ भने २ जना अझै बे’पत्ता छन्। भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का सुनारको श’व यसअघि नै फेला परिसकेको छ । भेरी नगरपालिका वडा नं ११ का गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् ।

नवराज बिक मल्ल थरकी आफ्नी प्रेमिकासँग बिहेका लागि ‘भ’गाउन’ भन्दै १० जेठ साँझ आफ्ना १७ जना साथीसहित प्रेमिकाको गाउँ सोती पुगेका थिए। त्यहाँ पुग्दा नपुग्दै गाउँलेले ल’खेटेपछि उक्त घटना भएको थियो। घटनाको अनुसन्धानका लागि रुकुम प्रहरीले प्रहरी निरीक्षक कवि रोकालाई खटाएको छ । वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उपरीक्षक श्रेष्ठले बताए । “ह’त्या हो या भा’गदौ’डमा मृ’त्यु भएको हो अहिले नै भन्न सकिन्न, अनुसन्धानपछि यथार्थ विस्तारै खुल्छ”, उनले भने, “श’व परीक्षण रिपोर्टले पनि अनुसन्धानमा सहयोग पुग्ला ।”

यता, घट’नामा पी’डित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध कि’टानी जा’हेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध क’र्तव्य ज्या’नसम्बन्धी कि’टानी जा’हेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।

द’लित अधिकारकर्मी र पी’डित परिवारले घ’टनाबारे निष्प’क्ष छा’नबिन हुनुपर्ने, पी’डित परिवारलाई राज्यले क्ष’तिपूर्ति दिनुपर्ने, घा’इतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बे’पत्ताको तत्काल खोजी गर्नुपर्ने लगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।


