विदेशबाट ल्याईएका नेपालीलाई राख्ने ठाउँ तोकियो, हेर्नुहोस् कुन प्रदेशका कहाँ ?

विदेशबाट ल्याईएका नेपालीलाई राख्ने ठाउँ तोकियो, हेर्नुहोस् कुन प्रदेशका कहाँ ?

सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने भएको छ । सरकारले विभिन्न देशबाट फर्किएकामध्ये प्रदेश १ र २ का नागरिकलाई भक्तपुरमा, वाग्मती, गण्डकी र ५ का नागरिकलाई काठमाडौँमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर जिल्लाका तोकिएको सेल्टरमा होल्डिङमा राखेर मात्रै सम्बन्धित प्रदेशको समन्वयमा जिल्ला जिल्लामा पठाउने भएको छ ।

प्रदेश नं १ का नागरिकलाई सल्लाघारीस्थित इम्पेरियर ब्याङ्क्वेट र प्रदेश २ का नागरिकलाई मध्यपुरथिमिस्थित हेरिटेज ब्याङ्क्वेटमा राखिने भएको छ । यसको तयारीको अवस्थाबारे जानकारी दिन आज भक्तपुर आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले प्रदेश नं १ र २ का नागरिकलाई राख्ने छुट्टाछुट्टै होल्डिङ सेन्टरको अनुगमन गए ।

विदेशबाट फर्कनेको समन्वय गर्न सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र प्रदेश २ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव संयोजकको जिम्मेवारी तोकेको छ । मन्त्रीसँगै सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सूर्यविनायकका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलगायतको टोलीलाई जिल्लास्थित सङ्कट व्यवस्थापन समिति (सिएमसी) र सुरक्षा निकायले जानकारी गराएको थियो ।

अनुगमनसँगै मन्त्री नेम्वाङले सरकारले छिटोभन्दा छिटो विदेशमा समस्यामा रहेका नेपालीलाई फर्काउने तयारी गरेको बताउँदै भारतलगायत तेस्रो मुलुकबाट ल्याएका नेपालीलाई विमानस्थलबाट तोकिएको होल्डिङ सेन्टरमा राखेर मात्रै प्रदेशको समन्वयमा यातायातको व्यवस्था गरी पठाउने बताए ।

इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

Previous articleआज २०७७ साल जेठ २१ गते बुधबार, आजको तपाईको दिन कस्तो छ? (राशिफल)
Next articleराणा कालमा पा’द्न पनि पाईन्थेन: यस्तो थियो पा’देको स’जाय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।