राणा कालमा पा’द्न पनि पाईन्थेन: यस्तो थियो पा’देको स’जाय

राणा कालमा पा’द्न पनि पाईन्थेन: यस्तो थियो पा’देको स’जाय

राणाहरूले गरेको पारिवारिक शासन। नेपालमा यो विक्रम सम्बत १९०३ देखि प्रारम्भ भएर २००७ साल सम्म कायम रह्यो। यसमा राणा प्रधानमन्त्रीका भाईमा पद सर्दै जाने नियम थियो। देशका मुख्य मुख्य शक्तिशाली पदहरूमा पनि राणा खानदानका नै मानिसहरू नियुक्त हुन्थे। आधारभूत मौलिक अधिकार हुँदैनथ्यो। राणाले जे बोले पनि कानुन सरह लागू हुन्थ्यो।

मुलुकी ऐन नेपालको सबैभन्दा पहिलो लिखित कानुन हो। मुलुकी ऐन नेपालको संहिताबद्द राष्ट्रिय कानुन हो। पहिलो पटक बिक्रम सम्बत १९१० मा मुलुकी ऐन जारि गारिएको थियो। जंगबहादुर राणा ले बेलायात यात्रा बाट फर्के लगत्तै यो ऐन बनाएकोले यसमा युरोपको ठुलो छाया परेको छ भन्ने पानि गरिन्छ। तर यो कानुन नितान्त मौलिक कानुन हो। नेपालको कानुनको ईतिहास हेर्दा चौधौ सताव्दीमानै राजा जयस्थिति मल्लले मानव न्यायशास्त्र जारी गरेका थिए।

बि स १९१०को सन्दर्भमा बि स १९१० को मुलुकी ऐनलाई राम्ररी अध्ययन गर्ने हो भने यो ऐन निकै परिपक्व देखिन्छ । कानुनको अध्ययन गर्दा पश्चिमा देशहरुलाई अग्र पङ्तीमा राखेर अध्ययन गर्ने हाम्रा कानुनविदहरुले हाम्रो आफ्नो मौलिक कानुनलाई त्यति वास्ता गरेको पाईन्न । पुर्बीय दर्शन पश्चिमा दर्शन भन्दा कानुनको विकासमा धेरै पुरानो छ। नेपाली कानुनको श्रोत हिन्दु धर्मका विभिन्न ग्रन्थहरुमा लिपिबद्ध ज्ञान बिचार अवधारण र सिद्धान्तहरु हुन् । यी श्रोतहरु धेरै पुराना र एकदमै विश्वसनीय छन्। ऋग बेद ६५०० बिसीमा लेखिएको कुरा कानुनविद प्राध्यापक डा युबराज सग्रौला बताउनुहुन्छ ।

बि स १९१० को मुलुकी ऐनमा पा’द्नेलाई पनि सजाय गरिन्थ्यो ! त्यतिबेला कसको सामुन्ने कसले पा’देमा कस्तो स’जाय हुन्थ्यो हेर्नुहोस्:

  • तागाधारी लगायत चार्वर्ण छात्तिसै जा’त गैह्र कसैले आफु मिल्दा जा’तका र आफु भन्दा घटी जा’तका मुखमा पा’द्यो भन्या ५ रुपैया द’ण्ड गर्नु चार आना लि पतिया दिनु !
  • रजपुत लगायत तागाधारी गैह्र जा’तले आफु भन्दा ठुला जा’तका मुखमा पा’द्यो भन्या ७ रुपैया दण्ड गरि धर्माधिकारले चार आना लि पतिया दिनु
  • नमासिन्या म’तवा’ली जा’त गैह्रले तागाधारी जा’त’का मुखमा पा’द्यो भन्या १० रुपैयाँ द’ण्ड गर्नु आठ आना लि  धर्माधिकारले पतिया दिनु

  • मासिन्या जा’त गै’ह्रले तागाधारीका मुखमा पा’द्यो भन्या १५ रुपैयाँ दण्ड गर्नु, धर्माधिकारले १ रुपियाँ  लि पतिया दिनु , नपाद्मायो भन्सिया मत’वाली जा’तका मुखमा पा’द्यो भन्या ५ रुपियाँ द’ण्ड गरि चार आना लि प’तिया दिनु
  • पानी नचाल्न्या जा’त र छिटो हाल्नु पर्न्या जा’त गैह्रले पानी चलन्या जा’तका मुखमा पा’द्यो भन्या २० रुपियाँ लि धर्माधिकाराले प’तिया दिनु !
  • छिटो हाल्नुपर्न्या जा’तले छिटो हाल्नु नपर्न्या जा’तका मुखमा पा’द्यो भन्या ५ रुपियाँ दण्ड गरि चार आना लि प’तिया गराई दिनु !

 

जबरर्जस्ती करणी गर्ने चालक पक्राउ

Previous articleविदेशबाट ल्याईएका नेपालीलाई राख्ने ठाउँ तोकियो, हेर्नुहोस् कुन प्रदेशका कहाँ ?
Next articleकोरोना नियन्त्रणको लागि अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।