श्रीमती ब्वाईफ्रेण्डको अंगालोमा बेरिन थालेपछि पत्नीपी’डित बनेका पतिहरू घर न घा’टको

श्रीमती ब्वाईफ्रेण्डको अंगालोमा बेरिन थालेपछि पत्नीपी’डित बनेका पतिहरू घर न घा’टको

बाँके, सीतापुरकी माया मगरको फेसबुक साथीसँग लभ पर्‍यो । आफ्ना दुई सन्तान अनि श्रीमानको माया मा’र्दै उनी २०७४ वैशाख १३ गते काठमाडौं बस्ने उक्त पुरुष साथीको साथ लागिन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राई भन्छन्— पत्नीले माया मा’र्न खोजे पनि पतिले माया मा’र्न सकेनन् । विदेशबाटै उ’जुरी गरे । २ छोरा–छोरी कसले पाल्ने सम’स्या भयो । जस्तो भए पनि घर ल्याइदिन श्रीमान्ले गरेको आग्रहअनुरूप प्रहरीले मायालाई फर्काएर घर पुर्‍याएदियो ।

बाँके, वेतहनीका महेशले पत्नीबाट मा’नसिक या’तना पाएको भन्दै चैत २८ गते उजुरी गरे । उता सुर्खेत भेरीगंगा नगरपालिकाका तिलक खत्री ३१ वर्षीया पत्नीले अकैसँग सम्बन्ध राख्दै आएको थाहा पाउँदासमेत सह’नुपरेको बताउँछन् । कोहलपुरका गजेन्द्रले विदेशबाट घर फर्कंदा पत्नी र कमाइ गरेको पैसा गुमाइसकेका थिए । उनले प्रहरीमा उजुरी गरे ।

पत्नीपीडितका यस्ता धेरै उजुरी आउँछन् । त्यसको पछाडि एउटै काररण देखिन्छ— यौ’न । प्रहरी उपरिक्षक राई भन्छन्— शा’रीरि’क सन्तुष्टि पूरा गर्न लोग्नेलाई धो’का दिनेहरू बढेका छन् । भ’तभ’ती पो’ल्ने गर्मीमा पसिना बगाएर कमाएको सबै पैसा लिएर गई, पाँच वर्षपछि सउदी अरेबियाबाट घर फर्किएका पत्नीपीडित वीरबहादुर घर्ती (नाम परिवर्तन) भन्छन्— उताबाट पठाएको पैसा पनि लगी, घर पनि ल’था’लिं’ग बनाएर छाडी ।

कहिले बिरा’मी भए, पैसा चाहियो भन्थी । कहिले ब्याज बढ्छ, ऋण तिरौं, पैसा पठाइदिनु भन्थी, पत्नीले धो’का दिँदै गएको पत्तै नपाएका घर्तीले भने— धेरै विश्वास गरेको थिएँ, विश्वासघा’त गरी । कमाएको १२ लाख रुपैयाँ गु’माएका घर्ती अहिले आफू घर न घा’टको भएको बताउँछन् । न्याय खोज्न कहाँ जाने ? उनी अन्योलमा छन् । घर–जग्गा घितो राखेर पत्नीले अर्कै केटासँग विवाह गरेपछि मलेसियाबाट फर्किएका नवीन शाह (नाम परिवर्तन) को सपना पनि च’कना’चुर भएको छ ।

सात वर्षको एउटा छोरो छाडेर हिँडी । भएको पैसा पनि लगी,’ शाहले बताए । घर्ती र शाह उदाहरण मात्र हुन् । उनीहरूजस्ता पी’डितको संख्या बढ्दै गएको प्रहरी उपरीक्षक राई बताउँछन् । पत्नीपी’डित पतिहरूको संख्या थपिँदै गए पनि धेरैजसो घटना सार्वजनिक हुँदैनन् । सामाजिक कारणले निकै कम लोग्नेहरू पत्नीपी’डित भएको उजुरी लिएर प्रहरीसमक्ष पुग्छन् ।

लोग्ने विदेश बसेका बेला अर्कोसँग जाने, फर्किएपछि फेरि पुरानै लोग्नेसँग आउने र त्यही कारणले झ’गडा हुने उ’जुरीहरूसमेत प्रहरीले दर्ता गर्ने गरेको छ । कति पुरुष त छोराछोरी र पैसा मात्र फिर्ता पाए हुन्छ भन्दै उ’जुरी लिएर प्रहरीकहाँ पुग्छन् । पत्नीपी’डितहरूको उजुरी दर्ता गरे पनि बिक्री गरिएको र लुकाइएको सम्पत्ति फिर्ता गराउन प्रहरीलाइ निकै स’मस्या हुने गरेको छ । प्रमाण जुटेसम्म त फिर्ता गराउँछौं । धेरैले त छोराछोरी पढाउँदा खर्च भयो भनेर पैसा लु’काएको पाइन्छ ।

प्रहरीको अभिलेखअनुसार एक वर्षयता पत्नीबाट पी’डित भएको भन्दै १ सयभन्दा बढीले उ’जुरी गरेका छन् । जबकि एक वर्षयता ३ सयभन्दा बढी घरेलु हिं’सापी’डित महिलाको उजुरी प्रहरीले दर्ता गरेको छ । तीमध्ये पारिवारिक त्रा’सका कारण ७८ जना त प्रहरीको सम्पर्कमै आउन चाहेनन् । पुरुषपी’डित महिलाका पक्षमा धेरैले अवाज उठाउँछन् तर महिलापी’डित पुरुषको पी’डा बुझने कमै छन्, —एक प्रहरी अधिकृतले  बताए ।

गोरखाको चुमनुब्रिमा हेलिकोप्टरबाट पाँच करोड रुपयाँ ढुवानी

Previous articleआज २०७७ साल जेठ २३ गते शुक्रबार, आजको तपाईको दिन कस्तो छ? (रा’शिफल)
Next articleश्रीमान १७ वर्षभयो दुवईमा हराएको, साउदी पुगेको छोराले पनि फोन गरेन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।