उज्यालो नेपाल- जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट क्षतीग्रस्त भएको जुटपानी प्रहरी चौकी मर्मतको लागी उदयपुर सामुदायिक वनले सहयोग प्रदान गरेको छ । आगजनीबाट क्षतिग्रस्त भएका कार्यालयको झ्यालढोका मर्मतको लागी सामुदायिक वनले ३८ क्युबफिट काठ सहयोग प्रदान गरेको अध्यक्ष शंकर लामाले जानकारी दिए ।
समाजमा शान्तीसुरक्षा कायम गर्न र चोरी तस्करी नियन्त्रणको लागी प्रहरीको उपस्थिति अनिवार्य रहेको उल्लेख गर्दै अध्यक्ष लामाले ‘सामुदायिक वन आफै आन्दोलनको चपेटामा परेको भएता पनि’ चौकी मर्मतको लागी सो सहयोग उपलब्ध गराईएको बताए ।
आन्दोलनकै क्रममा गत भदौ २४ गते राती सामुदायिक वनको कार्यालयमा समेत आगजनी, तोडफोड र लुटपाट भएको थियो। राती ११ बजे हातहतियार सहित आएका नकाबधारी समुहले वनको कार्यालयमा रहेका महत्त्वपूर्ण कागजात, उपभोक्ताहरूलाई कम्प्युटर तालिम दिन भनेर राखिएको ५० स्थान कम्प्युटर लगायतका सामग्री जलाएर नष्ट बनाएका थिए ।
सो क्रममा ५०० क्युफिट भन्दा बढी काठ र विभिन्न समयमा तस्करहरूबाट बरामद गरेर राखिएका काठ तस्कर गर्न प्रयोग गरिने नौ थान साइकल समेत लुटपाट गरेर लागिएको अध्यक्ष लामाले जानकारी दिए। लुटपाट र आग्जनीबाट ६० लाख भन्दा बढीको क्षति भएको बताइएको छ।। सो समूहले लगाएको आगो जुटपानीबाट आएको नेपाली सेनाको टोली र स्थानीयले नियन्त्रणमा लिएका थिए।।
६० लाख भन्दा बढीको क्षति व्योहोरे पनि सो वनले सामाजिक उत्तरदायित्व अन्तर्गत चौकी मर्मतको लागी काठ सहयोग गरेको हो।

