एकैदिनमा ३० जना कोरोना संक्रमित भेटिएपछी चितवनमा लकडाउन कडा बन्दै
चितवन, जेठ २७ चितवनमा आज देखी लकडाउनमा थप कडाई गरिएको छ । चितवनमा हिजो एकैदिन ३० जनामा कोरोना संक्रमण देखिएपछि लकडाउनमा थप कडाई गरीएको हो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संक्रमितको संख्या एकैपटक धेरै संख्यामा वृद्धि भएकाले आजदेखी थप कडाई गरिएको बताउनु भयो । भटराइका अनुसार लकडाउनमा थप कडाई गरेका छौ लकडाउनको पालना गर्न सबै चितवनबासीमा आग्रह गर्दछु ।


उनले लकडाउनको पालना गर्न आग्रह गर्दै लकडाउन उल्लंघन गर्दै अघि बढे अवस्था भयावह हुन सक्ने भएकाले सचेत हुन आग्रह गर्नु भएको छ ।उनले सवारी संचालन र पसल खोल्नमा थप कडाई गरीएको बताउनु भयो बताए । अत्याबश्यकका सबारी तथा खाद्यान्न का पसलहरु र पासबाहक सबारी साधन लाई मात्र संचालन गर्न दिईएको छ ।
औषधि पसल र अतिआवश्यक खाद्यान्न बाहेकका पसल खोले कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङले जानकारी दिए । संक्रमण रोक्ने जिम्मेवारी सबैको भएको भन्दै प्रहरी र प्रशासनले कडाई गरेमात्रै लकडाउन पालना गर्ने भन्ने सोच गलत भएको भन्दै सबै नागरिक सचेत हुनुपर्ने उनले बताए ।

खाद्यान्नको नाममा अनावश्यक चकलेट , चुरोट , गुट्का खरिद गर्न पसल जानेको संख्या धेरै भएको भन्दै त्यस्ता सामाग्री हाल बिक्री नगर्न र त्यति मात्रै खरिदको लागि बजार नजान उनले आग्रह गरे । त्यस्तै प्रत्येक दिन बैंक बित्तिय संस्थामा सर्वसाधारण जान आवश्यक नरहेको भन्दै त्यसमा समेत कडाई गरिने भएको छ ।
एकदुईजनाको लापरबाहीले गर्दा धेरैजनामा संक्रमण फैलिने जोखिम रहेको भन्दै नागरिक स्वयम्ले पनि जिम्मेवारीबोद गर्दै सावधानी अपनाउन आग्रह गरे । उनले अतिआवश्यक प्रयोजन र सवारी पाँस बाहेकका सावरीसाधन संचालन गरे कारबाही गर्ने प्रष्ट पारे ।
इलाका प्रहरि कार्यालय खैरहनी ले खैरहनी न.पा. अन्तर्गत पर्ने औसधि पसलहरु बाहेक सबै पसलहरु बन्द गराउदै।

मनकामना अस्पतालमा कार्यरत कोरोना संक्रमित नर्सको घरलाई शिल गरियो
चितवनको भरतपुर स्थित मनकामना अस्पतालमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । भरतुर महानगरपालिका ४ घर भएकी २१ बर्षिया उनको आज(सोमबार) आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार, उनलाई अहिले भरतपुर अस्पतालको आईसोलेसनमा उपचार गर्न लागिएको छ । अहिले उनको अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनको घर अहिले सिल गरिएको छ । मनकामना अस्पतालमा कोरोना संक्रमित विरामी फेला नपरेपनि स्वास्थ्यकर्मीमा उनलाई मात्र देखिएको हो । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रवार र शनिवार आएका ३ सय १० वटा नमुना परीक्षण गर्दा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालले दिएको जानकारी अनुसार यी मध्ये २४ जना चितवनका हुन् । जसमध्ये भरतपुर ४ मा १ जना संक्रमीत भएको पुष्टि गराएको थियो ।
सामुदायिक विद्यालयमा कर्मचारीको राजनीति,आजदेखि चितवनका विद्यालय एक साता बन्द आव्हान


