राप्रपा नेपालका उपाध्यक्ष राजेन्द्रवीर राय एमाले प्रवेश

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय एमाले प्रवेश गरेका छन्। रायलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन्।

एमाले प्रवेश गर्न उनी ओली निवास बालकोट पुगेका थिए।

सल्यान जिल्लाको शारदा नगरपालिका-३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए।

https://ujyaalonepalnews.com/archives/24298

Previous articleभरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो
Next articleसन्दीप लामिछानेविरुद्ध प्रमाण जुटायो प्रहरीले, पक्राउ गर्न सबै जिल्लामा पत्राचार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।