यस वर्ष एसईई परीक्षा नहुने पक्का: यस्तो आयो सरकारको निर्णय
काठमाडौँ — यस वर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । मन्त्री पुनले एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइएको बताए ।
यसमा पनि आन्तरिक परीक्षा र मूल्याङ्नक हुने उनले बताए । अवेर सकिएको मन्त्रिपरिषद् बैठकका निर्णय औपचारिकरुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ताले भोलि बिहीबारमात्रै निर्णयबारे जानकारी दिने बताइएको छ ।

पाटन अस्पतालको ‘अल्ट्रासाउण्ड’ मेसिन चो री गरेको आ रोपमा एक चिकित्सकसहित दुई प क्राउ
पाटन अस्पतालबाट ‘अल्ट्रासाउण्ड’ मेसिन चो री गरेको आ रोपमा एक चिकित्सकसहित दुई जनालाई प्रहरीले प क्राउ गरेको छ। बुधबार महानगरीय प्रहरी परिसरले पाटन अस्पतालको आइसियुबाट ‘पोर्टेबल अल्ट्रासाउण्ड’ मेसिन चो री गरेको आ रोपमा ३६ वर्षीय चिकित्सक डा. प्रवीण मिश्र र २० वर्षीय रमेशकुमार शर्मालाई पक्राउ गरेको हो।

मिश्र सर्लाही बलरा नगरपालिका वडा नं.१ का हुन् भने शर्माको महोत्तरी बर्दिवास नगरपालिका वडा नं. १३ का हुन्। उनीहरू हाल काठमाडौं नगरपालिका वडा नं.३१ मा बस्दै आएका थिए। उनीहरूले जेठ १७ गते बिहान साढे आठ बजे अस्पतालको आइसियुमा रहेको २० लाख ७९ हजार ८ सय ७ रूपैयाँ पर्ने पोर्टेबल अल्ट्रासाउण्ड मेसिन मर्मत गर्न कम्पनीबाट आएका हौं भन्ने बहाना बनाएका थिए।

त्यही बेला सो वार्डका स्वास्थ्यकर्मीहरू व्यस्त भएको मौका छोपी उक्त मेसिनको पार्टपूर्जा चोरी गरी लगेका थिए। प्रहरीले अनुसन्धान गरी उनीहरूले चो री गरेको पुष्टि भएपछि पक्राउ गरेको परिसरले जनाएको छ। उनीहरूबाट अल्ट्रासाउण्ड मेसिन समेत बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ।


