श्रमिकको म’र्का बुझ्दै ओमानको दुतावास: सरकारले तोके भन्दा आधा सस्तोमै नेपाल ल्याईदिने

श्रमिकको म’र्का बुझ्दै ओमानको दुतावास: सरकारले तोके भन्दा आधा सस्तोमै नेपाल ल्याईदिने

। विदेशमा मर्कामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले तोकेको भाडा अति महंगो भएको भन्दै ओमानस्थित नेपाली दूताबासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ । ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर ( अर्थात करिब ६२ हजार रुपैयाँ) भाडा तिर्नुपर्ने सरकारले सूची तयार पारेको छ । तर, ओमानस्थित नेपाली दूताबासले भने प्रतिव्यक्ति २९९ अमेरिकी डलरमै नेपालीहरुलाई स्वदेश फर्काउने निर्णय गरेको छ ।

तर, ओमानस्थित नेपाली दूताबासले भने प्रतिव्यक्ति २९९ अमेरिकी डलरमै नेपालीहरुलाई स्वदेश फर्काउने निर्णय गरेको छ । दूताबास स्रोतले भन्यो, ‘सरकारले तोकेको ६२ हजार भाडा धेरै महंगो भयो, वैदेशिक रोजगारीमा आएका नेपाली श्रमिकले यति महंगो भाडा तिर्न सक्दैनन् । त्यसैले हामीले ११५ ओमानी रियल (करिब ३४ हजार नेपाली रुपैयाँ) मै ओमानबाट स्वदेश फर्काउने निर्णय गरेका छौं ।

सरकारले तोकेको भाडादर यस्तो छ 

यहाँबाट स्वदेश फर्कनेले ११५ रियलभन्दा बढी तिर्नुपर्दैन ।’ ओमानस्थित नेपाली दूताबासले निकालेको आधिकारिक सूचनामै स्वदेश फर्कनेहरुले ११५ ओमानी रियल बझाउनुपर्ने भनिएको छ । र, सोही भाडादरमा करिब साढे ३ सय नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेको स्रोतले बतायो ।

ओमानबाट असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश फर्कँदैछन् । त्यसैगरी असार ७ गते त्यति नै संख्यामा नेपालीहरु स्वदेश फर्कंदैछन् । उनीहरुले सरकारले तोकेको महंगो भाडादर बुझाउनु नपर्ने, ११५ ओमानी रियल बुझाए पुग्ने दूताबासले स्पष्ट पारेको छ ।

साथै, नेपाल फर्कर्ने सबैको पीसीआर टेस्टका लागि स्वाब लिइसकिएको र नेगेटिभ रिपोर्ट आउने सबैले पनि त्रिभुवन विमानस्थलमा आएपछि आफ्नै घरमा जान पाउने दूताबासद्वारा जारी सूचनामा उल्लेख छ । अनलाईन खबर बाट 

‘उद्धार’ उडानको भाडा नियमितभन्दा चार गुणा महंगो

मलेसियाबाट नेपाल फर्किन ३ महिनाअघि रमेश क्षत्रीले २५ हजार रुपैयाँमा टिकट काटे । तर, कोरोना भाइरसको संक्रमण फैलावट रोक्न नेपाल सरकारले अन्तरार्ष्ट्रिय उडानमा रोक लगाएपछि आउन पाएनन् । अहिले सरकारले विदेशमा अप्ठ्यारोमा परेका नागरिकहरूलाई फिर्ता ल्याउन भनेको छ र नेपाली दूतावासहरूमाथि घर फर्किन चाहनेहरूको विवरण पनि संकलन गरेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासको सूचीमा उनको नाम पनि छ ।

तर हातमा भएको टिकट काम नलाग्ने भयो । अब घर फर्किने हो भने उनले अतिरिक्त रकम खर्चिनु पर्ने भएको छ । ‘मसँग भएको टिकट नेपाल एयरलाइन्सकै हो । तर यसलाई नै काम लाग्ने बनाउन मैले ३८ हजार रुपैयाँ थप्नुपर्ने भएछ,’ रमेशले अनलाइनखबरसँग टेलिफोनमा दुखेसो पोख्दै भने, ‘यहाँ बेखर्ची भएर बसेको दुई महिना बढी भयो, अब कहाँबाट त्यत्रो पैसा ल्याएर टिकट काट्ने ?’ क्षत्रीको भन्दा जटिल समस्या छ, यूएईमा अलपत्र रोहन मगरको । उनीसँग कम्पनीले दिएको दुबई एयरलाइन्सको टिकट हातमा छ । घर फर्किन भनेर नेपाली दूतावासमा नाम पनि टिपाएका छन् ।

तर प्राथमिकता सूचीमा पर्नेनपर्ने टुङ्गो छैन । परिहाले पनि नेपाल एयरलाइन्स वा हिमालय एयरलाइन्सको टिकट काट्नुपर्ने दूतावासका अधिकारीहरूले बताएका छन् । ‘चार्टर्ड फ्लाइटको ६० हजार भाडा तोकिएछ, साहुले दिएको टिकट रद्द गरेर दोब्बर भाडाको अर्को टिकट दिन सक्दिन भन्छ,’ उनी भन्छन्, यदि मैले नै टिकट काटेर आउनुपर्ने भयो भने ऋण गर्नुपर्छ ।’ उनको प्रश्न छ, ‘सरकारले उद्धार गर्न लागेको कि ऋणको खाडलमा हाल्न लागेको ?’

रमेश र रोहन प्रतिनिधि पात्र मात्र हुन् । अहिले विभिन्न श्रम गन्तव्य मुलुकहरूमा रहेका नेपालीहरू यस्तै समस्या भोगिरेहका छन् । सरकारले समस्यामा परेका आफ्ना नागरिकलाई उद्धार गर्ने भने पनि हवाई टिकट, होटल क्वारेन्टिनलगायतका सबै खर्च आफैँले ब्यहोर्नुपर्ने भनेको छ । नेपालीहरूलाई काठमाडौंसम्म ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलान्सलाई चार्टर फ्लाइटको जिम्मा दिइएको छ । नेपाली दूतावासहरूले भाडादर तोकेर नै सूचना निकाल्न थालेका छन् ।

Photo Credit: aviationnepal.com

मलेसियाको दूतावासले एक हजार पाँच जनाको प्राथमिकताको सूचीसँगै भाडादर तोकेर सूचना निकालेको छ । दूतावासको सूचीमा रहेका अधिकांशको हातमा नेपाल एयरलाइन्स वा अन्य एयरलाइन्सको टिकट छ । तर दूतावासले यसअघि नै टिकट लिइसकेकाहरूको रकम रिफन्ड हुने–नहुने केही जानकारी दिइएको छैन ।  साथै, सरकारले सार्वजनिक गरेको चार्टर्ड उडानको भाडादर हेर्ने हो भने नियमित उडानको भन्दा चार गुणासम्म महँगो छ । मलेसिया र खाडीमा ६० हजारदेखि ९२ हजारसम्म भाडादर तोकिएको छ ।

अन्तर्राष्ट्रिय उडानको भाडादर निश्चित नहुने भएपनि समयमै टिकट काट्ने गर्दा सस्तो पर्न जान्छ । विदेशमा काम गरेर फर्किने कामदारले केही महिनाअघि नै टिकट बुक गर्ने भएकाले निकै सस्तो मूल्यको टिकट पाउने गरेका छन् । अब अप्ठेरोमा परेकाहरु महंगो रकम तिरेर फर्किनुपर्ने भएको छ । तिर्न नसक्ने उतै रोकिनुपर्नेछ । मलेसियास्थित नेपाली दूतावासले आफ्नो सूचनामा भनेको छ, ‘समयमै टिकट खरिद नगरेमा प्राथमिकता अनुसारपछिका यात्रुलाई टिकट खरिद गर्ने अवसर प्राप्त हुनेछ । पर्याप्त यात्रु नभएमा उडान रद्द हुनेछ ।’

नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले जारी गरेको सुचना 

काठमाडौं महानगरबाट ठेलागाडा खोसिएकी शर्मिलालाई एक महिनाको तलब दिने धरान मेयरको घोषणा

Previous articleमलेसियाबाट टिकट काटेर तुरून्तै फर्किन पाउनेको नाम सार्वजनिक (सुचीसहित)
Next articleईटाली पुगेर दोश्रो विश्व यु द्ध ल डेका चितवनका लाहुरे बा ले मनाए १०३ औं जन्मोत्सव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।