एनआरएनएको दोस्रो विज्ञ सम्मेलन धुलिखेलमा हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोश्रो एनआरएन विज्ञ सम्मेलन आगामी अक्टोवरमा हुने भएको छ । एनआरएनएका महासचिव डा. हेम राज शर्माका अनुसार सो सम्मेलन काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने भएको हो ।

पहिलो सम्मेलन सोल्टी होटलमा आयोजना हुदाँ महङ्गो दर्ता शुल्क भएको आलोचना भए पछि संघले दोस्रो सम्मेलन काठमाडौं विश्वविद्यालयमा गर्न लागेको हो ।

काठमाडौं विश्वविद्यालयमा सम्मेलनको आयोजना गर्दा सहभागीहरुको संख्या बढ्ने विश्वास डा. शर्माको छ ।

यसै बीच संघको एक टोलीले बुधबार काठमाडौं विश्वविद्यालयका उपकुलपति, डीनहरु, विभागीय प्रमुखहरु लगायत उच्चपदाधिकारीसँग छलफल गरेको छ ।

संघका पदाधिकारीसहित काठमाडौं विश्वविद्यालय पुगेको टोलीले सम्मेलनलाई उपलब्धिमूलक बनाउन घनिभूत छलफल भएको महासचिव डा. शर्माले जनाए ।

संघको टोलीमा उपाध्यक्षहरु सोनाम लामा, मन केसी, कोषाध्यक्ष महेश श्रेष्ठ लगायतको उपस्थिती थियो ।

यसअघि संघले एनआरएन विज्ञ सम्मेलनबारे परराष्ट्रमन्त्रालयलगायत नेपाल सरकारका उच्चअधिकारीसँग छलफल गरेका थियो ।

दैलेखमा जीप दुर्घटना, ४ जना घाइते

Previous articleआज माघ १० गते शुक्रबार, तपाईंको आजको राशिफल पढी शे’यर गर्नुहोला।
Next articleपुनःनिर्माण प्राधिकरणका कर्मचारी घुस रकमसहित पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।