पुनःनिर्माण प्राधिकरणका कर्मचारी घुस रकमसहित पक्राउ

पुनःनिर्माण प्राधिकरणका कर्मचारी ६ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन्।

पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनियर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको जनाएको छ।

इञ्जिनियर तिवारीलाई शुक्रबार ६ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डीएसपी श्याम सारु मगर नेतृत्वको टोलीले त्यही होटलबाट रंगेहात पक्राउ गरेको जनाएको छ। रासस

सानुमायाको ६० लाख यसरी चोरियो

Previous articleएनआरएनएको दोस्रो विज्ञ सम्मेलन धुलिखेलमा हुने
Next articleवुहानबाट फर्किएका नेपालीमा कोरोना भाइरस भएको पुष्टि (अपडेटसहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।