Home Uncategorized निर्मला प्र’करणको पुनरावृति: रुकुम घ’टनामा पनि प्रमाण संकलनमा चु’क्यो प्रहरी

निर्मला प्र’करणको पुनरावृति: रुकुम घ’टनामा पनि प्रमाण संकलनमा चु’क्यो प्रहरी

निर्मला प्र’करणको पुनरावृति: रुकुम घ’टनामा पनि प्रमाण संकलनमा चु’क्यो प्रहरी

निर्मला पन्त ह’त्या प्र’करणमा जस्तै रुकुम घ’टनामा पनि प्रमाण संकलनमा प्रहरी चु’क्यो । घट’नास्थलमा पुगेको प्रहरी स्वयंले घरेलु ह’तियार प्रयोग गरेर गाउँलेले कु’टपि’ट गरेको देखेको थियो तर अहिले प्रहरीकै अनुसन्धान प्रतिवादीको बयानमा भर परिरहेको छ । घट’नाको वास्तविकता खोज्नभन्दा प्रहरीले पी’डकहरूकै कुरा मात्रै सुनिरह्यो ।

रुकुम पश्‍चिम — जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विक दुई साथीसहित वैशाख १७ गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुगे । सोतीमा उनकी प्रेमिका थिइन् तर उनलाई भेट्न नपाउँदै चौरजहारी इलाका प्रहरी कार्यालयबाट केही प्रहरी आए, नवराजसहित तीनै जनालाई स’मातेर लगे ।

सोतीका वडाध्यक्ष डम्बरबहादुर मल्लले फोन गरेकै भरमा उनीहरूलाई प’क्राउ गरिएको थियो । किशोरीका छिमेकी र आफन्त हुन्, वडाध्यक्ष । भोलिपल्ट रानागाउँबाट नवराजकी आमा उर्मिला चौरजहारी पुगिन्, छोरालाई छोडिदिन प्रहरीसँग बिन्ती गरिन् । प्रहरीले वडाध्यक्षलाई सोधे । वडाध्यक्षले परिवारको जिम्मा लगाएर छोडिदिन ‘आदेश’ दिए । प्रहरीले त्यही गर्‍यो । स’र्त थियो, अब उप्रान्त नवराज सोतीमा नआउने । अर्थात्, वडाध्यक्षको फोनकै भरमा प्रहरीले नवराजहरूलाई समात्यो, फोनकै भरमै छोडिदियो ।

देखावटी आ’रोप थियो– लकडाउन उ’ल्लंघन । तर, खास कारण थियो– मल्ल थरकी किशोरीबाट नवराजलाई टाढा राख्ने । त्यतिबेला स्थानीय युवाले नवराजलाई पि’टेका थिए । यसको खुलासा किशोरीकै पारिवारिक स्रोतले कान्तिपुरसँग गरेको छ । तर, प्रहरीले न’जरअ’न्दाज गरिदियो । प्रेमिकाका आफन्त र प्रहरीबाट नवराजलाई जान ‘ब’न्देज’ थियो तर प्रेमिकाले बोलाएपछि उनी जेठ १० गते सोती पुगे । त्यतिबेला उनका साथमा अरू १८ साथी थिए । प्रेमिका ल्याउन त पाएनन् नै, फर्कंदा सोतीका स्थानीयको ब’र्बर आ’क्रम’णमा परे, नवराज र उनका पाँच साथीको ह’त्या भयो ।

अरू १२ जना घा’इते भए । यो पा’श’विक घट’नाको बीजारोपण त्यही वैशाख १७ मा भएको थियो । जुन दिन प्रहरीले औपचारिक जाहेरीबिनै नवराजलाई एक रात थुनेको थियो । जसरी त्यतिबेला वडाध्यक्षको लकडाउन उल्लंघनको झू’टो आरो’पलाई पत्याउँदै प्रहरीले नवराजलाई प’क्रे’को थियो, करिब उही शैलीमा जेठ १० गते पनि प्रहरी घ’ट’नास्थल पुगेको देखिन्छ । त्यो दिन पनि वडाध्यक्षले नै ‘भेरीका केटा आएर ल’कडाउन उ’ल्लं’घन गरे, हो’ह’ल्ला’ गरे’ भनेर फोन गरेका थिए, प्रहरी पहिले सोतीतिर ल’म्कियो, पछि भेरीको किनारतिर । जहाँ चारैतिर गाउँलेले घे’रा हालेर नवराजका साथीहरूलाई भ’क्कुमार कु’टिरहेका थिए ।

यो घ”टना र त्यसपछि प्रहरीको रवैयाको बेलिबिस्तार लगाउनुपहिले नवराजको समूह केटीको घर पुग्दा के भएको थियो, त्यसलाई नि’याल्नु आवश्यक छ । जसबाट केटीका परिवारको वडाध्यक्षसँगको अनि वडाध्यक्षको प्रहरीसँगको ‘ने’क्सस’ र प्रहरी कसरी ‘मि’स लि’ड’ भएको थियो, प्रस्ट हुन्छ ।

घा’इते सुदीप खड्काका अनुसार नवराजलाई केटीका आफन्तले चिन्ने भएकाले उनले मास्क र टोपी लगाएका थिए, समूहको पछाडि थिए । अगाडि सुदीपसहित अरू केटाहरू थिए । तर, केटीकी आमाले नवराजलाई देख्दै–नदेखी अ’पश’ब्द बोल्न थालिन्, ‘अ’स्तिको पि’टाइले तँलाई पुगेन ? आज म’रेरै जान्छस् । वडाध्यक्षलाई फोन लगा…।’ सुदीप भन्छन्, ‘त्यसपछि हामीले त्यस्तो हैन आन्टी, हामी काफल खान आएका हौं भनेर लुरुलुरु हिँडिरह्यौं । केटीको घरअगाडि पाँच सेकेन्ड पनि रोकिएनौं ।’

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ को घ’टनास्थल औलजिउला र भेरी नदी । तस्बिर : हरि गौतम

करिब आधा घण्टा ओरालो झरेर जंगलको ठूलो ढुंगामा नवराजको समूह आराम गर्दै थियो, माथिबाट गाउँलेको हू’ल उनीहरूलाई ल’खेट्दै आइहाल्यो । सुदीपका अनुसार उनीहरूको हातमा हँ’सिया, ला’ठी, चि’र्पट र ढुं’गा थियो । ‘मा’र, मा’र… भनेको मात्र याद छ,’ उनले त्यो पल सम्झिए । त्यहाँबाट दगुरेको करिब पाँच मिनेटमा उनीहरू निर्माणाधीन मध्यपहाडी लोकमार्गमा आइपुगे । लोकमार्गमा अर्को भी’ड घरे’लु ह’तियार लिएर उनीहरूलाई ढु’किरहेको थियो ।

निर्विकल्प भएर सुदीपको समूह भेरीतिर लाग्यो, बाटोबाट तीन मिनेट दौडियो भने भेरीको किनारमा पुगिन्छ । माथिदेखि ढुंगा ब’र्साउँदै आएको भी’डले त्यहाँ पनि सबैलाई म’रणा’सन्न हुने गरी पि’ट्यो । ‘भेरीतिर लाग्दा नवराजसहित ६ जनालाई देखैनौं, उनीहरूलाई घे’रा हालेर पहिल्यै मा’रिएको हुनुपर्छ,’ उनले सुनाए । त्यो ६ जना नवराजका मिल्ने साथीहरू थिए । मृ’तक सञ्जीव विकबाहेक सबै पौडी खेल्न सिपालु थिए ।

घट’नास्थल चौरहजारी नगरपालिका-८, सोती ।

रुकुम घ’टना : अझै छ’ट्प’टाइरहेका छन् घा’इते

सुदीपका अनुसार त्यतिबेला सवा ६ जति भएको हुँदो हो, उज्यालै थियो । पाँच जना भेरीवारि थिए, भेरीको बीचको भँगालोमा दुई जना थिए, पाँच जना भेरी तरेर जाजरकोट पुगिसकेका थिए । सबैतिरका केटाहरूलाई स्थानीयले ढुं’गा र ला’ठी ब’र्सा’इरहेका थिए । त्यही बेला चौरजहारी इलाका प्रहरी कार्यालयबाट खटि’एका चार प्रहरी घ’ट’नास्थल पुगे तर कु’टपि’ट भइरहेको ठाउँतिर गएनन्, डिलमा बसेर सिटी बजाए । ‘प्रहरीले चार–पाँचपटक सिटी बजाउँदासम्म पनि हामीलाई कु’टिर’हेका थिए,’ सुदीप सुनाउँछन्, ‘त्यतिबेला प्रहरी न’पुगेको भए हामीलाई पनि मा’रेर भेरीमा फा’लिदिन्थे ।’

कान्तिपुरले १२ मध्ये ८ घा’इ’तेसँग कुरा गरेको थियो । उनीहरू सबैले सुदीपझैं प्रहरी नपुगेको भए आफूहरू सबै मा’रिने बताए । किनभने जति पि’ट्दै गयो, गाउँले उति हिं’स्रक भइरहेका थिए । ला’ठी, हँ’सिया र ढुं’गाले केटाहरूलाई हा’निरहेको प्रहरी स्वयंले देख्यो तर कसैलाई सोधपुछसम्म गरेन, बरु पी’डकले नै घा’इतेलाई प्रहरीकहाँ जिम्मा लगाइदिए । यही भी’डमा थिए, वडाध्यक्ष डम्बरबहादुर मल्ल र केटीका बाबु वीरबहादुर मल्ल । अझ वडाध्यक्षको हातमा त ला’ठी नै थियो । घाइतेहरू रग’ता’म्य भएर रुँ’दै थिए । प्रहरीले चुपचाप घाइतेको उ’द्धार गर्‍यो । लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी प्रमुख प्रहरी निरीक्षक धर्मसिंह विष्ट घ’टनास्थल पुगे । घ’टनास्थल पुग्ने उनी पहिलो प्रहरी अधिकृत हुन्, वडाध्यक्ष पनि त्यतिबेलासम्म त्यहीं थिए ।

घट’नास्थलको मा’होल त्यति ड’रलाग्दो थियो, घा’इते छटपटाइरहेका थिए तर पनि विष्टले वडाध्यक्षलाई केही सोधेनन् । ‘लक’डाउन उ’ल्लंघन गरेकाले गाउँलेले ल’खेटेछन्’ भन्ने वडाध्यक्षको मि’थ्या क’थन पत्याइरहे । जबकि उनलाई प्रस्ट थाहा थियो, वैशाख १७ गते नवराजलाई समातेको र त्यसको गुदी कारण । तर पनि थाहा नपाएझैं गरिदिए ।

अब सुरु हुन्छ, प्रहरीको खास ला’प’रबाही र हे’ल्च’क्य्राइँ । जहाँ प्रहरीको नियतमाथि नै प्रश्न उठाउने अनेक ठाउँ छन् । १२ जना घा’इते’लाई लाँदै गर्दा प्रहरीले ‘को–को थियौ, के–के भयो’ भनेर त सोधेनन् नै, घा’इतेले प्रहरीकै सामुन्ने ‘सबै साथीहरू यहाँ छैनन्, भेरी खेलेर बाँचे कि कु’टेर मारे…’ भनेर आपसमा कुरा गर्दासमेत वा’स्ता गरिएन । त्यही राति भेरीको किनारमा एउटा श’व भेटियो, केही छिनपछि नवराजको हो भन्ने पहिचान भयो । तब बल्ल प्रहरीले भन्यो, ‘ए अरू केटा पनि रहेछन्, भेरीमा हा’म्फा’लेर म’रेछन्… ।’

घ’टनास्थलमा भेटिएका अधिवक्ता बद्री भुसालका अनुसार प्रहरीलाई रानागाउँका नवराज र सोतीकी किशोरीको प्रेम अनि यसलाई छु’टाउन वडाध्यक्षको भूमिका रहेको पहिल्यै थाहा थियो । नदीको बीचमा केटाहरूलाई कु’ट्दै गरेको प्रहरीले नै देख्यो तर पनि ग’म्भीर’तापूर्वक लिएन । ‘जसले केटाहरूलाई पि’ट्यो, उसैले प्रहरीको जिम्मा लगायो तर प्रहरीले कुनै प्रश्न गरेन,’ भुसाल भन्छन्, ‘गाउँलेको ब’र्बर आ’क्र’मणको घ’टना अनु’सन्धानमा कुनै दृ’ष्टि दिएन, घ’टना’स्थलमा समेत प्रहरी वडाध्यक्षको आदे’शमा चल्यो ।’ घाइ’तेलाई स’मातेपछि प्रहरीले देखाएको मौनता र बे’वा’स्ताले पीडित पक्षको सबैभन्दा धेरै चित्त दु’खेको छ । पी’डितलाई लागेको छ, ‘प्रहरीले त्यतिबेलै घ’ट’नास्थल, जंगल र गाउँ स’र्च गर्नुपथ्र्यो ।’

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती पनि ‘घ’ट’नास्थलमा प्रहरीको का’र्यशैलीको आ’लोचना गर्छन् । ‘घट’ना’स्थल पुग्दा प्रहरी आफैं डि’फे’न्सिभ देखिन्छन् । उनीहरूले जी’वितलाई भ्यानमा हालेर लगे तर गायब भएकालाई खोज्दै खोजेनन्,’ घर्ती भन्छन्, ‘त्यतिबेलै खोजिएको भए बाँकी ६ जना पनि घाइते अवस्थामा वा मारेकै भए पनि भेरीबाहिरै भेटिनसक्थे । उनीहरूलाई बा’हिरै कु’टीकु’टी ‘मा’रे’र भेरीमा फा’लिएको छ ।’

घर्तीमात्र होइन, पूरा जाजरकोटवासीलाई यस्तै लागेको छ । सोही कारण सुरुवातबाटै प्रहरीको भूमिका र अ’नुसन्धान प्रक्रियामाथि उनीहरूमा अ’विश्वास पै’दा भयो । रुकुम पश्चिम प्रहरीले अझै पी’डि’तलाई विश्वासमा लिन सकेको छैन, यसो भन्दा हुन्छ, त्यसको प्रयास पनि भएको छैन । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, ‘प्रहरीले गलत न’गर्न सक्छ तर प्रहरीप्रति पी’डितलाई शं’का लाग्न सक्छ, पी’ड’ककै पक्षमा छ जस्तो लाग्छ । त्यसैले प्रमाणित भइसकेका तथ्यहरू बाहिर ल्याइदिनुपर्छ । पारदर्शी अ’नुसन्धान र संवादमार्फत पी’डितको विश्वास जित्नुपर्छ ।’ यसो गर्दा अ’दालत पुगेपछि पी’डित ‘हो’स्टा’यल’ हुने स’म्भावना घ’ट्ने उनको भनाइ छ ।

प्रारम्भबाटै त्रु’टि

पूर्वडीआईजी मल्लका अनुसार घ’ट’नास्थलमा प्रहरी पुगेपछि सबैभन्दा पहिले पी’डित’लाई जो’गाउनुपर्छ, त्यसपछि घ’ट’नास्थल सुरक्षित गर्नुपर्छ, घट’नामा संलग्नलाई नि’यन्त्रणमा लिनुपर्छ र भौ’तिक स’बुत बरा’म’द गर्नुपर्छ । सि’टी फुकेरै सही, प्रहरीले १२ घा’इतेलाई बचाएको छ । बाँकी हरेक चरणमा प्रहरी चु’क्दै गयो । कतिसम्म भने घा’इ’तेलाई समात्यो तर घ’रेलु ह’तियार बोकेका आक्र”मण’कारीलाई समातेन ।

प्रहरी आफैं भन्छ– ५०–६० जनाले चारैतिर घे’रा हालेर घ’रे’लु हति’यार प्रयोग गरी आ’क्र’मण गरेका थिए । त्यसो भए आ’क्र’मणमा प्रयोग गरिएका ढुं’गा, लौ’रो, हँ’सिया र चि’र्पटहरू खोइ ? साँझ नपर्दै भएको त्यति भ’या’नक घट’नाको भौतिक सबु’तका नाममा प्रहरीसँग जम्मा दुईवटा सिंगो लौ’रो र दुईवटा भाँ’चिएको टुक्रा छ । तर रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी प्रहरीले आवश्यक र पाएको सूचनाअनुसार प्र’माण खोजेको दा’बी गर्छन् । ‘प्रति’वा’दीले बयानमा खुला’एअनुसार प्रमाण खोजेका छौं ।

हामीले ज’बर्ज’स्ती हँ’सिया, चि’र्पट छ भन्न मि’ल्दैन,’ केसी भन्छन्, ‘पी’डित’ले हँ’सिया, ढुं’गा र चि’र्पटले हानेको भन्छन् । हँ’सिया भनेपछि कसले प्रयोग गरेको हो, कत्रो थियो, डि’टेलमा आउनुपर्छ ।’ घट’नास्थ’लमा पुगेको प्रहरी स्वयंले ‘घ’रेलु ह’तियार प्रयोग गरेर गाउँलेले कु’टपि’ट गरेको देखेको थियो तर अहिले प्रहरीकै अ”नुसन्धान प्रतिवादीको बयानमा भर परिरहेको छ ।

पूर्वडीआईजी मल्लका अनुसार अ’परा’धमा प्रयोग भएका ह’ति’यार, सामानहरू अप’राध प्रमाणित गर्ने महत्त्वपूर्ण कडी हुन् । अ’पराध अ’नुसन्धानमा भौ’तिक स’बुत दरिलो प्रमाण मानिन्छ । तर, नेपाल प्रहरी स’बुत जोगा’उन बारम्बार चु’क्दै आएको छ । निर्मला पन्त ह’त्या प्र’करणमा पनि घट’नास्थलको सं’रक्षण नगरेको र स’बुत नजोगाएकै कारण प्रहरीको व्या’पक आ’लो’चना भएको थियो । यही नि’यति रुकुम घट’नामा दोहोरिएको छ ।

अधिवक्ता भुसाल भन्छन्, ‘निर्मला ह’त्याका’ण्डमा प्रहरीको विभा’गले नै प्रमाण न’ष्ट गरेजस्तो देखिन्थ्यो, रुकुममा चाहिँ प्रहरीको ठूलो मा’त्राको हे’लच’क्य्राइँ र ला’पर’बाही देखिन्छ । घट’ना’स्थलको सुरक्षा गरेको भए धेरै प्रमाण र तथ्य बाहिर आउँथ्यो ।’ स्थानीय नेता र प्रतिनिधिको ‘य’सम्यान’ भएकाले जनताको सुरक्षा र अ’प’राधको अ’नु’सन्धानमा चौरजहारीको प्रहरी टिम अ’स’क्षम भएको उनको आ’रो’प छ ।

सु’धार’गृहमा न’पठाई हि’रा’सतमै

घा’इ’तेसँगको कुराकानी तथा घ’ट’नाको प्रकृति केलाउँदा घ’टना’स्थलमा ‘रगतको टा’टा, लु’छि’एका क’पा’ल, ‘रग’त ला’गेका हँ’सिया, ढुं’गा र चि’र्पटहरू थिए । माथि जंग’लबाट खेदेर ल्या’एकाले बाटोमा पनि अन्य प्रमाण भेटिनसक्थ्यो तर घट’नाको रात प्रहरीले वा’स्तै गरेन । पी’ड’कले जे भन्यो, प्रहरीले प’त्याउँदै गयो । सं’घ’र्ष समितिका उपसंयोजक छवि पन्त भन्छन्, ‘घ’ट’ना’स्थल छो’डियो, ब’स्ती सि’ल गरिएन । रातभर प्र’माण न’ष्ट गरियो । प्रहरीबाट ग’म्भीर ला’पर’बाही भएको छ ।’
चौरजहारीका प्रहरी निरीक्षक विष्ट हँ’सिया, का’ठका टु’क्राहरू नदीले बगाएको बताउँछन् ।

‘घा’इ’तेले ढुं’गाले हा’नेको भनिरहेका थिए, ढुं’गा त कति हुन्छन् कति,’ विष्टले भने । घ’ट’नास्थल पुगेको प्रहरी अधिकृतको यस्तो गै’रजि’म्मेवारपूर्ण भ’नाइले के संकेत गर्छ ? अधिवक्ता भुसाल भन्छन्, ‘घ’ट’नास्थ’लको सुरक्षा र बे’प’त्ता केटाहरू खोज्नमा प्रहरीले बे’वास्ता गर्‍यो । प्रहरी निरीक्षक विष्टसहित चौरजहारी प्रहरी टिमलाई प्र’माण न’ष्ट गरेकामा मु’द्दा चला’उनुपर्छ ।’ जाजरकोटका द’लित अधिकारकर्मी गोपालबहादुर नेपाली पनि चौरजहारीका प्रहरीमाथि अ’नुस’न्धान गर्नुपर्ने बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मृ’तकका आफन्त

जिल्ला प्रहरी प्रमुख केसीको भनाइ पनि उस्तै उ’देकलाग्दो छ । ‘कहाँ को दौ’डिए भन्ने थाहा भएन, ब’स्तीमा सामान्य सर्च गरियो,’ केसी भन्छन्, ‘घ’रै खो’तल्ने कुरा त आएन । हामीले ब’यानका आधारमा स’र्च गरेका छौं ।’ उनी स्वयं सुरुमा वडाध्यक्षलाई सू’चनादा’ता र ल’कडाउन उ’ल्लंघन गर्नेलाई का’रबा’ही गर्ने सहयोगीका रूपमा लिएको स्विकार्छन् । घट’नाको पृ’ष्ठभूमि प्रहरीलाई जानकारी न’भएको, सूचना ‘स्लो’ मो’सन’ मा खु’ल्दै गएको, घट’नाको रा’तभर पानी परे’कोजस्ता अनेक ब’हाना छन् केसीसँग । भन्छन्, ‘पहिलो दिन प्रहरीलाई के भयो भन्ने थाहै भएन । म’ध्यरातमा मात्र अ’न्तरजा’तीय वि’वाद रहेछ भन्ने थाहा पायौं ।’ यद्यपि उनले घ’टनाको अनु’सन्धा’नमा प्रहरी कुनै हा’लतमा न’चुकेको दाबी गरे ।

पहिलोपटक जिल्लाको प्रहरी क’मान्ड स’म्हालिरहेका केसीको विव’रण सुन्दा लाग्छ, अ’परा’ध र पी’डक अघि–अघि छन्, प्रहरी पछि–पछि । यही प्रश्न उनलाई सोध्दा भने, ‘यो घटना नै फि’ल्म जस्तो छ ।’ उनले यसो भनिरहँदा यही ह’त्याका’ण्डको अनुसन्धानका लागि हेडक्वार्टरबाट खटा’इएका एसएसपी पोषराज पोखरेल सामुन्नेमा थिए ।

अभि’यु’क्त प’क्रन आ’लटा’ल

घ’टना’स्थलमा प्र’हरी स्व’यंले घरे’लु हति’या’रसहित आक्र’मण’का’रीको भी’ड देखेको थियो । घा’इतेहरू र’ग’ताम्य थिए, घट’ना’स्थल सोतीबाट दौडँदै आए पनि आधा घण्टा लाग्छ । त्यसमाथि त्यही इलाकाले तीन साता अघिमात्र नवराजलाई समा’तेको थियो, त्यो बेला र घ’टना’को दिन ख’बर गर्ने वडाध्यक्ष नै थिए, उनी घट’नास्थ’लमै थिए, ल’कडाउन नै उ’ल्लंघन गरे पनि त्यसरी म’रणा’सन्न हुने गरी पि’ट्न” पा’इन्नथ्यो, प्रहरीले ‘घट’नालाई शं’का’स्पद रूपमा लिनुपर्ने अनेक ‘’क्लु’ थिए तैपनि सा’मान्य मानियो । प्रहरीकै भनाइमा त्यतिबेला लकडाउन उ’ल्लंघन गर्नेलाई ल’खेटेकाले उनीहरूलाई स’मात्नु आवश्यक देखिएन । त्यही रात नवराजको श’व भेटियो, अरू पाँच केटा बे’पत्ता भएको पुष्टि भयो तर पनि प्रहरीले कसैलाई नि’यन्त्र’णमा लिएन ।

११ गते प्रहरी निरीक्षक विष्टले वडाध्यक्षलाई बोलाए, सामान्य सोधपुछ गरे । वडाध्यक्ष घर फर्किए । अरू केहीलाई पनि त्यस्तै गरियो । किन ? विष्ट भन्छन्, ‘प्रहरीले देखेको र ‘घाइ’तेहरूले भनेको हु’लिया मि’लान गर्नुपर्‍यो । सबैलाई कुरै नबुझी स’मात्ने कुरा त भएन ।’ जबकि वडाध्यक्ष, केटीका बाबु र अन्य केही गाउँलेलाई विष्ट स्वयंले घ’ट’नास्थलमा देखेका थिए, र’ग’ताम्य घा’इते’का सामुन्ने । तर श’व भेटिसक्दा पनि उनले वडाध्यक्षलाई हि’रा’सतमा लिन आवश्यक ठानेनन् । भुसाल भन्छन्, ‘वडाध्यक्षलाई घ’टना’स्थलमै स’मा’त्नुपथ्र्यो तर सकेसम्म उनलाई छो’ड्ने उ’पाय खोजिएको छ । उपा’य नभेटेपछि मात्र स’मातेको देखिन्छ ।’

१३ गते पी’डितले २० जनाविरुद्ध कि’टानी जा’हेरी दिएपछि बल्ल प्रहरीले वडाध्यक्षसहित १२ जनालाई हिरासतमा लिएको थियो । अहिलेसम्म यो घ’टना’मा २८ जना प’क्राउ परेका छन् । ‘केटाहरूमाथि जसरी आ’क्र’मण भएको छ, त्यस आधारमा ष’ड्य’न्त्र गर्न र पी’डक’लाई बचाउन खोजिएको हो कि जस्तो लाग्छ,’ पूर्वडीआईजी मल्ल भन्छन्, ‘प्र’भा’वशाली नेता र मन्त्रीले आफ्नो जिल्लामा नजिकका मान्छेहरू (प्रहरी र अन्य महत्त्वपूर्ण क्षेत्रमा) लिएर जान्छन् भन्ने आमबुझाइ छ । यो बुझाइले रुकुम घ’टना’मा कहीं न कहीँ काम गरेको देखिन्छ ।’ कान्तिपुर बाट

चितवन क्षेत्र नं. एक : त्रिपक्षिय प्रतिस्पर्धामा अघिअघि सुरेन्द्र

Previous articleनेपाललाई बंगालादेश जस्तै टु’क्राउने ध’म्कि; अब कि आ’त्मह’त्या गर्छु कि ल’ड्छु – सरिता गिरि
Next articleफेरी अर्को दु’:खद घ’टना प’हिरोले घर ब’गायो, २ को मृ’त्यु, ६ बे’पत्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।