रुकुम घ’टना : बे’इज्जत हुने भएकाले पूर्वयोजना अनुसार ह’त्या गर्यौं [किशोरीकी आमाको बयान]
काठमाडौं- रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा ६ जनाको ज्या’न जाने गरी भएको घट’नामा ३४ जनालाई प्र’तिवादी बनाएर मु’द्दा दायर गरिएको छ। सोतीकी मल्ल थरकी एक युवतीसँग भएको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न भन्दै गत जेठ १० जाजरकोटका नवराज विकसहित १९ जना सोती पुगेकामध्ये ६ जनाको ह’त्या भएको थियो। सोही घ’टनाका ३४ अभि’युक्तविरुद्ध प्रहरीले आइतबार अदालतमा मु’द्दा दायर गरेको छ। उनीहरूले प्रहरी समक्ष दिएको बयान नेपाललाइभले प्रकाशन गरेको छ।

यस्तो छ, किशोरीकी आमा प्रकाशी मल्लको बयान

जेठ १० गते नबराज बिकसमेतका केटाहरु मेरो घरमा आएको अवस्थामा निज नबराज बिकलाई मैले जा’तिय बि’भेद हुने शब्द डुम समेत भनि गाली गरे। त्यसपछि उनीहरु फर्केर गए। नबराज बिकसमेतका केटाहरुलाई मा’र्ने पुर्ब योजना मेरो श्रीमान् वीरबहादुर र वडाध्यक्ष डम्बर बहादुर मल्ललाई बोलाई पिछा गर्दै जाने क्रममा रुकुम चौरजहारी नगरपालिका वडा न ८ औल जिउला भन्ने स्थानमा फेला पार्यौं।

त्यसपछि छेका हाली ढु’ङ्गा हँ’सिया समेतले प्र’हार गरी भेरी नदीको किनारमा पुर्याई नबराज बिक समेतलाई कर्तब्य गरी मा’री भेरी नदीमा बगाएको र सुदिप खड्का समेतलाई कु’टपि’ट गरी नियन्त्रमा लिई घट’ना घ’टाएको सत्य हो। मेरो छोरी परिबर्तित नाम ५४ रुकुम पश्चिम (३६) र नबराज बिकबिच फेसबुकमार्फत चिनजान भएको रहेछ। पटक पटक निज नबराज विक समेतका केटाहरु मेरो घरमा आउने गरेको कुरा थाहा छ।

मेरी भतिजी नाता पर्ने सुस्मा मल्ल ठकुरीसँग नबराज बिकले मेरी छोरीलाई घरबाटै थु’तेर लैजान केटाहरु लिएर जान्छु भन्ने कुरा गरेको थाहा पाई मिति जेठ १० गते निज भतिजीलाई मैले फोन गरी बुझ्दा निज नबराज बिकले मेरी छोरीलाई लैजान केटाहरु ल्याएर आउदैछ भन्ने थाहा पाएँ।
निज द’लित भएकोले छोरीलाई बिवाह गरी लिए पछि बे’इजत हुने भएकाले बेइ’जत हुनु भन्दा केटाहरु लिएर आए निजहरुलाई मा’री दिए बिबाह हुन नपाउने भएकोले निज नबराज बिकले केटाहरु लिएर आए मा’री दिने भनि घरपरिवारले सल्लाह गरि योजना बनाएका थियौं।

हामीले योजना बनाई बसेको अबस्थामा मिति जेठ १० गते अन्दाजी ५ बजेको समयमा मेरो छोरी घर भित्र टिभी हेरी बसिरहेको र म घर बाहिर आँगनमा रहेको अबस्थामा नबराज बिक समेतका केटाहरु आएको देखेँ। नबराज बिकलाई तँ डुम फेरि किन आईस आज म’र्छस् भनि धम्की दिई गालिगलौज गरी कराउँदै मेरो श्रीमानलाई फोन गरे। नेपाल लाईभ डटकम बाट


