मलेसियाबाट ११७ जना नेपाली काठमाण्डौ आइपुगे, आजै कुवेत र ओमानबाट पनि २९७ जना स्वदेश फर्किए

मलेसियाबाट ११७ जना नेपाली काठमाण्डौ आइपुगे, आजै कुवेत र ओमानबाट पनि २९७ जना स्वदेश फर्किए

काठमाण्डौ – मलेसियाबाट ११७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत उनीहरु केहीबेरअघि काठमाण्डौ आइपुगेका हुन् । फर्कनेमा १२ जना महिला र १०५ जना पुरुष गरी ११७ जना रहेका मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि थप ५ उडान हुनेछन् ।

जुन २० अर्थात पर्सि शनिबार नेपाल एअरलाइन्सले, जुन २१ गते आइतबार हिमालय एअरलाइन्सले, जुन २५ मा पनि हिमालय एअरलाइन्सले नै र जुन २६ र २७ मा नेपाल एअरलाइन्सले उडान भर्नेछ । यो उडानको भाडादर ४५ हजार १ सय रुपैयाँ तोकिएको छ । फर्कने नेपाली स्वयंले नै यातायात खर्च व्यर्होनुपर्ने नियम छ ।

यस्तै मलेसियामा रहेको नेपाली दूतावासले भिसा वा करार सकिएर स्वदेश फर्कने नेपालीसँग मलेसियाको अध्यागमनले चेकआउट मेमो खोजेकाले टिकट काट्नुअघि चेकआउट मेमो लिन सक्ने, नसक्ने भनेर यकिन गर्न अनुरोध गरेको छ । चेकआउट मेमो लिएको तर कोरोनाको कारण म्याद सकिएको भए पनि स्वदेश फर्कन पाइने दूतावासले उल्लेख गरेको छ ।

भिसाको म्याद भएका तर बिदामा नेपाल फर्कनेले रोजगारदाताबाट बिदाको पत्र अनिवार्य साथमा राख्नु पर्नेछ । कोरोना जाँचको नेगेटिभ आएको रिपोर्ट पनि साथमा हुनुपर्नेछ । आजै कुवेतबाट १५० जना स्वदेश फर्किएका छन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले निःशुल्क रुपमा काठमाण्डौसम्म ल्याइदिएको हो । यसअघि चारवडा उडानमार्फत पाँच सय ९८ जना स्वदेश फर्किसकेका छन् ।

Photo Credit: aviationnepal.com

त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकाहरुलाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ । यस्तै ओमानबाट पनि आजै सलाम एअरमार्फत र ओमानबाट १४७ जना स्वदेश फर्किएका छन् । ओमानबाट असार १ गते १६६ जना स्वदेश फर्किएका थिए ।

काठमाडौंमा डेरा खोज्दै सिके राउत

Previous articleभारतीय भुमि नेपालको नक्सामा देखाएको भन्दै भारतमा नेपाली राष्ट्रिय झन्डा ज’लाईयो (भिडियो सहित)
Next articleकतारबाट फर्कनेको कोरोना जाँच नहुने, ज्वरो मात्र नापेर पठाइने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।