कोरोना भाइरस प्रकोप : चीनमा १३ सहर ठप्प, फर्बिडन सिटी र ग्रेटवाल पनि बन्द

कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले शुक्रबारबाट १३ वटा सहरमा आवतजावतमा रोक लगाएको छ।

बेइजिङको प्रसिद्ध फर्बिडन सिटी, सांघाईको डिज्नील्यान्ड र ग्रेट वालको केही हिस्सा पनि तत्कालका लागि बन्द गरिएको छ।

हाल चार करोडभन्दा बढी जनसंख्या रहेको क्षेत्र ठप्प पारिएको छ।

कोरोना भाइरसबाट २६ जनाको ज्यान गइसकेको छ। चीनमा अहिले वसन्त पर्वको छुट्टी छ। तर, भाइरस संक्रमणको भयले थुप्रै कार्यक्रम बन्द गरिएको छ। एजेन्सी

साम्बा र अनिताको आईलिग अनुभव : सेमिफाइनलमा झुक्कियौँ

Previous articleवुहानबाट फर्किएका नेपालीमा कोरोना भाइरस भएको पुष्टि (अपडेटसहित)
Next articleबन्द हुँदै आयल निगमभन्दा पुरानो पेट्रोल पम्प
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।