उद्धार उडानमा युएई बाट नेपाल आएका व्यक्तिको अनुभव, “नेपाल आउनु अघि यति तयारी गर्नुस”

उद्धार उडानमा युएई बाट नेपाल आएका व्यक्तिको अनुभव, “नेपाल आउनु अघि यति तयारी गर्नुस”

उज्यालो नेपाल, जेठ ८ – हिमालय एअरलाईन्सको उद्धार उडान मार्फत नेपाल आएर होटलको क्वारेन्टिनमा बसिरहेका व्यक्तिले युएई मै रहेका र नेपाल आउने तयारी गरिरहेका आफ्ना साथीहरुलाई केहि सुझाव दिएका छन् ! कुरा नबुझी र तयारी नगरी काठमाडौँ ओर्लंदा आफुले निकै दु’ख पाएको र खर्च पनि निकै व्य’होर्नु परेको उनले उल्लेख गरेका छन् ! आउनुस उनको भोगाई र सुझाब पढ्नुहोस् अनि सबैको जानकारीको लागि एक शे-यर गरिदिनुस !

सबैलाई नमस्कार, म हिमालयन एयरलाइन्स (Himalayan Airlines) मार्फत सम्युक्त राज्य इमिरेट्स (UAE) को अबुधाबीबाट २१ Jun २०२० मा काठमाडौ आए । UAE देखि हवाई यात्रा गर्न अघि र नेपालमा ओर्लिए पछिका मुलभूत अनुभवहरु सम्बन्धित सबैलाई लाभदायक हुन्छ भनि केही कुरा भन्न लागेको छु ।

१. UAE बाट तत्कालै नेपाल आउन चाहने यात्रुहरुले PCR Test airport जानु अघि नै तयार गर्नुहोला । Airport मा RDT test सेवा मात्र उपलब्ध छ ।

२. तपाईं नेपालको Tribhuwan International Airport मा ओर्लिए पछि PCR Test को प्रमाण भएका यात्रु (तपाईं)लाई मात्र परिवारको रोहबरमा Home Quarantine को लागि सिधै घर पठाइन्छ ।

यात्रुको कोरोना परिक्षण हुँदै

३. यदि तपाईंसङ्ग PCR Test को प्रमाण छैन भने तपाईं कि Hotel मा बस्न पर्छ- जुन महङ्गो पर्न जान्छ, कि त तपाईं Public quarantine (सरकारले तोकेको) मा बस्नु पर्छ, जुन स्वास्थका दृष्टिकोणबाट पूर्ण सु’रक्षित देखिन्न।

४. जबकी अबुधाबी स्थित Nepal Ambassy की रिता धिताल ज्युले PCR Test Airport मै नि:शुल्क हुन्छ भन्ने जानकारी दिनु भएको थियो । तर Airport मा RDT Test सेवा मात्र उपलब्ध छ। र, म अहिले Hotel मा single room को प्रतिदिन रू.४,000/- तिरेर बसेको छु ।

५.यसकारण, म सबै सङ्ग के आग्रह गर्दछु भने; यदि UAE मै भरसक केही समय/दिन खान र बस्नको निम्ति विषम कठिन स्थिती छैन र visa अबधी अलिक धेरै छ भने नेपाल आउन हतार नगर्नु होला । सम्बन्धित निकायको अपरिपक्क र असक्षम व्यबस्थापनको कारण तपाईले यहाँ आइपुगे पछि विभिन्न प्रकारका झन्जट र सास्ती खेप्नु पर्ने हुन्छ । सामाजिक संजाल बाट 

उद्धारकर्ताको बयान : अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् सबै भिडियो बनाएर बसे

Previous article७८ पांग्रे गाडीमा यस्तो अजंगको मेसिन कसले किन लिएर आयो?
Next articleअनलाईन मिटिंगमा मन्त्री योगेश भट्टराई बोल्दा बोल्दै ब्लु फि’लिम बज्न थालेपछि ….
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।