अनलाईन मिटिंगमा मन्त्री योगेश भट्टराई बोल्दा बोल्दै ब्लु फि’लिम बज्न थालेपछि ….

अनलाईन मिटिंगमा मन्त्री योगेश भट्टराई बोल्दा बोल्दै ब्लु फि’लिम बज्न थालेपछि ….

८ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गर्‍यो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रसमुख तिथि थिए । जब सार्वजनिक भच्र्यूअल कार्यक्रममा मनत्री बोल्न सुरु गरे, एक्कसी पोर्न भिडियो बज्यो । अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो हरकत भएको थियो ।

भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए । पर्यटन मन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो । त्यसअगाडि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गरेका थिए । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण विश्वका धेरैजसो देशहरुमा जुम एपको प्रयोग हुने गरेको छ ।

यस्ता मिटिङमा पछिल्ला समयमा ह्याकरहरुले अनाधकृतिक रुपमा एक्सेस गरेर अश्लिल भिडियो बजाइदिने गरेका छन् ।
नेपालमा पनि यसको प्रयोग बढ्दै गर्दा यस्ता समस्या बढेको छ । यो एप माथि तर सुरक्षा लिएर एपमाथि प्रश्न उठ्दै आएको छ । भारत सरकारले त यो एप सुरक्षित नभएको भन्दै प्रयोगबारे गाइडलाइन नै जारी गरेको छ । यसअघि पनि धेरैपटक जुम एप बैठकमा गोपनीयताबारे प्रश्न उठेको थियो ।

सिटिजन ल्याबले जुम एपमा महत्वपूर्ण कमजोरीहरु औंल्याएको छ । उसका अनुसार जुम बैठक प्रयोग गर्दा संवेदनशील जानकारीहरु सार्वजनिक गर्नु सुरक्षित मानिँदैन । मिटिङको आईडी र पासवर्ड विभिन्न तरिकाबाट सेयर हुँदा त्यसको अनाधिकृत रुपमा चोरी गरेर ह्याकरहरुले यस्ता अश्लिल भिडियोहरु बजाउने गरेका छन् । अनलाईन खबर बाट/शिर्षक सम्पादन गरिएको 

हामी जाँदा भिडभाड बढ्छ ऊद्धारमा बाधा पर्छ भनेर पोखरा नजाने भयौँ : गृहमन्त्री लामिछाने

Previous articleउद्धार उडानमा युएई बाट नेपाल आएका व्यक्तिको अनुभव, “नेपाल आउनु अघि यति तयारी गर्नुस”
Next articleसाउदी बाट नेपाल एअरलाइन्सको दोश्रो चार्टर्ड उडान बाट नेपाल फर्कनेलाई अत्यन्त जरुरी सुचना, नाम लिस्ट पनि आयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।