महिला तथा पुरुष दुवैतर्फ आर्मी तेस्रो

त्रिभुवन आर्मी क्लब पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा दुबैतर्फ तेस्रो भएको छ।

राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा शुक्रबार भएको तेस्रो स्थानको खेलमा आर्मीको दुवै टोलीले पुलिसलाई सोझो सेटमा पराजित गरे। पुरुष तर्फ आर्मीले २५–१८, २५–१८ र २५–२० ले पाखा लगायो।

महिलातर्फ पनि आर्मी २५–२२, २५–१३, २५–२१ ले विजयी भयो। दुवैतर्फका विजेताले समान ५० हजार रुपैयाँ प्राप्त गरे।

यसअघि बिहीबार भएको सेमिफाइनलमा दुवै विभागीय टोली पराजित भएका थिए।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन्। विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन्।

कर्णाली एक्स्पो तयारी पुरा,महोत्सव उपराष्ट्रपतिले उद्घाटन गर्ने

Previous articleमनाङ शीर्ष स्थानमा, सरस्वती रेलिगेसनको खतरामा
Next articleएनभीए कप भलिबल : महिलातर्फको उपाधि एपीएफलाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।