Home Uncategorized १० जुलाईमा ओमान बाट तेश्रो उडान हुने, दुताबासको आयो यस्तो सुचना, नाम...

१० जुलाईमा ओमान बाट तेश्रो उडान हुने, दुताबासको आयो यस्तो सुचना, नाम लिस्ट पनि आयो

१० जुलाईमा ओमान बाट तेश्रो उडान हुने, दुताबासको आयो यस्तो सुचना, नाम लिस्ट पनि आयो

उज्यालो नेपाल, असार १८- ओमानको मस्कटमा रहेको नेपाली राजदुतावासले सलाम एअरलाइन्सको तेश्रो चार्टर्ड उडान मार्फत नेपाल फर्कने नेपालीहरुको लागी अत्यन्त जरुरी सुचना जारी गरेको छ ! जुलाई १० मा हुने उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी सलाम एयरलाईन्सको आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको सुची पनि सार्वजनिक गरेको छ ! राजदुताबासको सुचना र उक्त नामावली हेरेर सबैको जानकारीको लागी अवश्य शे-यर गर्नुहोला ! यस्तो छ दुताबासको सुचना 

तेस्रो उडानमा नेपाल जानेहरूको सूची निकालिएको सम्बन्धी सूचना!

कोभिड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077 तथा कार्ययोजना 2077 मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने प्रयोजनका लागि ओमानबाट घर फिर्तीको लागि यस दूतावासमा विभिन्‍न माध्यमबाट नाम टिपाउनु भएका मध्ये प्राथमिकताका आधारमा तेस्रो उडान आउँदो जुलाई 10 मा सलाम एअर मार्फत हुने गरी तय भएको छ।

उक्त उडानको एकतर्फी हवाइभाडा ११५ ओमानी रियल (२० के.जी. लगेज तथा 7 के.जी. ह्यान्ड ब्याग) तोकिएको छ।
सम्बन्धित सबैले आफूलाई पायक पर्ने कुनैपनि नजिकको परीक्षण केन्द्रमा कोभिड-19 को PCR परीक्षण गराई नेगेटिभ रिपोर्ट प्राप्त हुनेहरूले सलाम एअरको कल सेन्टर 2427-2222 मा फोन गरी टिकट खरिद गर्न वा सो सम्बन्धी थप जानकारी प्राप्त गर्न सकिने छ। तेस्रो उडानको लागि यस दूतावासबाट प्रकाशित नामावली बमोजिमकाहरूले 0४ जुलाईमा नै कोभिड -19 को PCR परीक्षण गर्न समेत अनुरोध गरिन्छ।

यस सम्बन्धमा थप बुझ्न परेमा 71592490 मा सम्पर्क गर्न सकिनेछ अथवा यस प्रयोजनका लागि बनाइएको WhatsApp Group मा थप विवरण प्राप्त गर्न सकिनेछ। नोटः चौथो उडानबारे दूतावासले तयारी गरिरहेकोले उक्त उडानको मितिबारे चाँडै जानकारी गराइने समेत सबैलाई अनुरोध छ।

नेपाली राजदूतावास मस्कट, ओमान

प्राथमिकताको आधारमा तयार गरिएको नामावली

 

गैँडाकोटको शिरमा रहेको मौलाकालिका मन्दिर छोटो दूरीको आकर्षक गन्तव्य

Previous articleसाउदीमा अकामा रिन्यु नभएका र Exit Visa लगाउन आवेदन दिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना
Next articleखुशीको खबरः ४ महिनापछि बल्ल खुल्यो बैदेशिक श्रम स्वीकृति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।