साउदीमा अकामा रिन्यु नभएका र Exit Visa लगाउन आवेदन दिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना

साउदीमा अकामा रिन्यु नभएका र Exit Visa लगाउन आवेदन दिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना

उज्यालो नेपाल, जेठ १२ – साउदी अरबमा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नविकरण नगरिएका नेपाली नागरिकहरुलाई साउदीमा रहेको नेपाली राजदुतावासले जरुरी सुचना प्रकाशित गरेको छ ! दुताबासले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत सम्वन्धित सबैलाई सुचना जारी गरेको छ ! यदि तपाई साउदीमा हुनुहुन्छ भने यो सूचनालाई अवश्य शे-यर गरि सबैलाई जानकारी गराउन सहयोग गरिदिनुहोला ! दुताबासको सुचना यस्तो छ !

नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसा (Exit visa) को लागि २०७६ पौष, माघ र फागुनमा र अन्य निवेदन दिएका मध्ये केही व्यक्तिहरुको भीसा प्राप्त भएको सूचना ।

साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा(Exit Visa) सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई अनुरोध गरेकोमा साउदी सरकारले वहिर्गमन भीसा प्रदान गर्ने प्रकृयाको थालनी गरेको छ ।

वहिर्गमन भीसाका लागि राजदूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको भएता पनि कोरोना संक्रमणका कारण अवरूद्ध यो प्रकृया क्रमशः शुरु भइरहेको छ । यो प्रकृयो थालनी पछि सरकारले थप ६९ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ । यस अघि १३५ जनाले भीसा प्राप्त गरेको सूचना प्रकाशित गरिसकिएको छ ।

यसरी २०४ जनाले यस प्रकारको भीसा प्राप्त गरेका छन् । भीसा लागेकाहरु भीसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने छ । आगामी हफ्ता रियाद तथा दम्मामबाट केही उडानहरु हुने भएकाले यी उडानबाट स्वदेश फर्कने प्रयास गर्नुहुन माथि उल्लेख भीसा लागेका सबैमा अनुरोध छ ।

साथै, वहिर्गमन भीसाका लागि आवेदन दिन बांकी रहेका अकमा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने व्यहोरा समेत अनुरोध गरिन्छ । यस विषयमा नेपाली राजदूतावासको फेसबुक पेज नियमित हेर्नुहुन पनि अनुरोध छ । नेपाली राजदूतावास रियाद । २०७७।३।१८

Exit Visa लागेका व्यक्तिहरुको नामावली 

घरजग्गाको कारोबार बढ्ने; सरकारले खोल्यो कित्ताकाट

Previous articleफेसबुक लाईभ गरेर २४ वर्षिया एलिशाले गरिन् आ’त्मह’त्या
Next article१० जुलाईमा ओमान बाट तेश्रो उडान हुने, दुताबासको आयो यस्तो सुचना, नाम लिस्ट पनि आयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।