यूएईमा एउटै कम्पनीमा कार्यरत २४ सय ७९ नेपालीको रोजगारी गुम्यो, जहाज चार्टर्ड गरेर नेपाल पठाउने कम्पनीको प्रस्ताव

यूएईमा एउटै कम्पनीमा कार्यरत २४ सय ७९ नेपालीको रोजगारी गुम्यो, जहाज चार्टर्ड गरेर नेपाल पठाउने कम्पनीको प्रस्ताव

यूएई – यूएईको ट्रान्सगार्ड कम्पनीमा कार्यरत २४ सय ७९ नेपाली श्रमिकको एकैपटक तत्काललाई रोजगारी गुमेको छ । कोरोनाको कारण काम बन्द हुँदा यूएईमा राम्रो मानिएको ट्रान्सगार्ड कम्पनीमा कार्यरत २४ सय ७९ जना नेपाली श्रमिक काम बिहीन भएका छन् । यो कम्पनीले यूएईका विभिन्न राज्यमा क्लिनर, सेक्युरिटी, हस्पिटालिटी लगायतका क्षेत्रमा आउटसोर्सिङ गरे कामदार सप्लाई गर्छ । यो कम्पनीले यूएईका विभिन्न राज्यमा क्लिनर, सेक्युरिटी, हस्पिटालिटी लगायतका क्षेत्रमा आउटसोर्सिङ गरे कामदार सप्लाई गर्छ ।

तर अहिले विभिन्न साइटहरु बन्द हुँदा कम्पनीले कतिपयलाई लामो समयको बेतलबी बिदा दिएको छ भने कतिपयले राजीनामा दिएका छन् । कतिपय श्रमिक भने अब काम नगर्ने मनस्थितिमा पुगेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । यो कम्पनीसहित अन्य आधा दर्जन कम्पनीले आफ्ना श्रमिकलाई छुट्टै जहाज चार्टर्ड गरेर नेपाल पठाइदिने प्रस्ताव दूतावासमा राखेको दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले जानकारी दिनुभयो ।

यी कम्पनीले दूतावासमा श्रमिकको नामसमेत पठाइसकेका छन् । श्रमिकलाई आफ्नै खर्चमा चार्टर्ड जहाजमार्फत पठाइदिन्छु भन्ने कम्पनीको प्रस्ताव दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ । परराष्ट्रमार्फत स्वीकृतिका लागि विभिन्न सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता धितालले जानकारी दिनुभयो । यूएईमा धेरै नेपाली श्रमिक कार्यरत, राम्रो सेवासुविधा दिने छवि बनाएका ट्रान्सगार्ड कम्पनी, एसके इन्जिनियरिङ लगायत कम्पनीले अहिले धेरैलाई लामो समयको बेतलबी बिदा दिएका छन् ।

‘सबैको जागिर गएको हैन, तर काम प्रभावित भएपछि कम्पनीले कतिपयलाई पछि बोलाउने शर्तमा लामो समयको बेतलबी बिदा दिएर आफैंले छुट्टै नेपाल पठाइदिन खोजेका हुन्,’ प्रवक्ता धितालले भन्नुभयो । श्रम काउन्सिलर निर्मला थापा र मोतिराम भूषालले कम्पनीसँग समन्वय गर्ने र राेजगारी गुमाएका श्रमिककाे सूची तयार गरिरहेको दूतावासले जनाएको छ । ट्रन्सगार्ड कम्पनीले यसअघि पनि बेतलबी बिदामा बसेका, भिसाको अवधि सकिएका लगायत केही श्रमिकलाई एअर अरेबियाको चार्टर्ड उडानमार्फत नेपाल पठाइसकेको छ । उमाकान्त पाण्डे/ उज्यालो 

काँकडभिट्टाबाट आयात–निर्यात हुने तेस्रो मुलुक भुटानसँग एक खर्बभन्दा बढीको व्यापारमा घाटा

Previous article३१ वर्षदेखि आँसुमा डुबेकी चितवन खोलेसिमल कि मायादेबिको कारुणिक कहानी
Next articleसाउदीमा अकामा नभएका र Exit Visa लगाउन आवेदन दिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।