३१ वर्षदेखि आँसुमा डुबेकी चितवन खोलेसिमल कि मायादेबिको कारुणिक कहानी
उज्यालो नेपाल, असार २३- भनिन्छ सुखदुख भनेको घामछायाँ जस्तै हो ! कहिले आउँछ कहिले जान्छ! तर पूर्वी चितवन, कालिका ०६, खोलेसिमलकी मायादेबी भट्टराईको जीवनमा भने सुखको दिन कहिल्यै आएन ! १४ वर्षको उमेरमा बाबाआमाले अग्नि साक्षी राखेर मारे पाप पाले पुण्य भनेर दिएका श्रीमानले २०४१ सालमा मानसिक सन्तुलन गुमाएपछी मायादेविको आँखा ओभाएका छैनन्! श्रीमानलाई जे जे भए पनि तामाका मुना जस्ता दुई ओटा छोरा छन् भनेर मन बुझाएकी मायादेविको आशा तब टुट्यो जब ति दुवै भाई छोराको पनि मानसिक सन्तुलन गुम्यो !
गोरखाको आश्रांग बाट बसाई सरि चितवन आएको पनि डेड दशक भैसक्यो! चितवन गएर उपचार गर्ने अनि उतै घरजम गरेर रमाउने उनको चाहना ३१ वर्ष सम्म पनि पुरा भएको छैन ! श्रीमान भिम प्रसाद भटराई उतिबेलै शिक्षक पेशामा आबद्ध थिए! कहिले होस् अनि कहिले बेहोसीमा बोल्ने भिम प्रसाद उतिबेला आफु नेपाली विषयको शिक्षक भएको बताउँछन् ! जेठा छोरा दिपक अहिले ३६ वर्षका भए ! उनि कसै संग बोल्दैनन्! एकोहोरो टोलाई मात्र रहन्छन ! कक्षा ७ सम्म पढेका उनि पढ्नमा निकै सिपालु थिए!
तर दैवको लिला राम्रै पढिरहेका दिपक पनि बाबु जस्तै बेसुरे बन्न पुगे ! कान्छा छोरा शंकर भने एकलै बर्बराईरहन्छन ! स्कुल पढ्दा घुम्न गएका उनि पहिरोले पुरिएर २२ दिन पछी घर ल्याएको आमा मायादेवी गहभरी आँसु बनाएर बताउँछिन् ! श्रीमान् अनि ३६ र ३१ वर्षका छोराहरुलाई नुहाईधुवाई देखि सम्पूर्ण कर्म यिनै मायादेविले धान्दै आएकि छन्! विस्तृत भिडियोमा हेर्नुहोला !


