विदेशमा अलपत्र नेपालीको उद्धारका लागी १५ जुलाई देखि थप ४२ वटा चार्टर उडान हुने

विदेशमा अलपत्र नेपालीको उद्धारका लागी १५ जुलाई देखि थप ४२ वटा चार्टर उडान हुने

२८ असार, काठमाडौँ । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न तेस्रोपटक एक साताका लागि उडान तालिका थपेको छ । बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान हुने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)का अनुसार आगामी बुधबारदेखि सुरु हुने उद्धार उडान साउन ६ गते मंगलबारसम्म सञ्चालन हुनेछ । सीसीएमसीले सार्वजनिक गरेको तालिका अनुसार, युएई, दुबई, अबुधाबी, साउदी अरबको दमाम, रियाद, कुबेत, कतार, बहराइन, सारजाह र मेलेसियाबाट नेपाली नागरिकहरुको उद्धार गरिने छ ।

सीसीएमसीले उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको निर्देशक समितिले गरेको शुक्रबारको निर्णय अनुसार तालिका सार्वजनिक गरेको उल्लेख गरेको छ । सरकारले नियमित हुने व्यवसायिक उडान साउन ६ गतेसम्म रोकेको छ । कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने सरकारको अभियानको आज अन्तिम दिन हो ।

तेस्रो चरणको उद्धार उडान सुरु हुनअघि सरकारले दुई दिन उडान रोकेको छ । यो दुई दिन सरकारले उद्धार उडानमा भएका कमी कमजोरीमा समीक्षा गर्ने जनाएको छ । सीसीएमसीले ६ वटा मुलुकका १० वटा विमानस्थलबाट नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६ वटा गरी ३२ वटा उडान गर्ने अनुमति दिएको छ ।

त्यस्तै विदेशी वायुसेवा कम्पनी अनतर्गत यसपटक एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् । यसअघि उद्धार उडानमा रहेका कतार र टर्किस एयर भने तेस्रो चरणको उद्धार उडानमा सामेल छैनन् ।

Photo Credit: aviationnepal.com

कतार र टर्किसले युरोप र अमेरिकामा अलपत्र परेका नेपालीलाई पहिलो र दोस्रो चरण चलेको एक महिना लामो उद्धार उडानका क्रममा नेपाल ल्याएका थिए । अहिले आन्तरिकतर्फ सीसीएमसी निर्देशक समितिको निर्णय अनुसार चार्टर उडान भइरहेका छन् ।

प्रतिनिधिसभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन

Previous article१२ रोकिने चार्टर्ड उडान १५ जुलाई बाट फेरी सुरु हुने; यस्तो आयो उडान तालिका
Next articleचितवनकी १७ वर्षिया किशोरीको अश्लि’ल भिडियो बनाएर पो-र्न वेबसाईटमा अपलोड गर्ने पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।