सन्दर्भ गणतन्त्र दिवस : राससमा तस्विर प्रदर्शनी सुरु

काठमाडौँ- राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा आजदेखि तस्विर प्रदर्शनी सुरु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्विरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षक प्रदर्शनीको आज उद्घाटन गर्नुभयो ।
भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनी यही जेठ १७ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौँ उपत्यकाका गरी ७७ तस्विर समाविष्ट गरिएको छ । राससका फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्विर प्रदर्शनीमा राखिएको छ ।
मुलुकका सबै भूगोलमा बस्ने सम्पूर्ण जाति, जनजाति, भाषाभाषी, सम्प्रदाय एवं धर्मावलम्बीलाई एउटै राष्ट्रिय भावधारामा समाहित गर्न रासस सांस्कृतिक तस्विर प्रदर्शनीले योगदान पुर्‍याउने विश्वास गरिएको छ । संस्थाले यसअघि पनि आफ्ना वार्षिकोत्सव समारोहमा तस्विर प्रदर्शनी गर्दै आएको छ । मन्त्री शर्माले प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।
  राज्यद्वारा सञ्चालित  राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो समाचार सेवामासेमत वृद्धि गर्ने क्रममा  साउन १ गतेदखि औपचारिकरुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ ।
विसं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै  श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलबध गराउँदै आएको छ ।।

https://ujyaalonepalnews.com/archives/27561

Previous articleरुकुमपश्चिममा जिप दुर्घटनाः २२ महिनाको बच्चासहित पाँच जनाको मृत्यु, १० घाइते
Next articleबारामा किसानहरूले गरे १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।