विदेशमा अलपत्र नेपालीहरुलाई खुसीको खबर: अब सरकारी खर्चमा नि:शुल्क फर्कन पाईने

विदेशमा अलपत्र नेपालीहरुलाई खुसीको खबर: अब सरकारी खर्चमा फर्कन पाईने

काठमाण्डौ – टिकट काट्ने पैसासमेत नभएर विदेशमा अलपत्र नेपालीको निःशुल्क उद्धार सम्बन्धी निर्देशिका मन्त्रिपरिषदबाट पारित भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशिका पारित गरेको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । कार्यविधिले रोजगारदाताले टिकट नदिएका र आफ्नै खर्चमा पनि फर्कंन नसक्ने अवस्थामा श्रमिकलाई सम्बन्धित देशमा रहेका दूतावासको सिफारिसमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत निःशुल्क उद्धारको व्यवस्था गरेको छ ।

 

श्रम स्वीकृति लिएर गएको एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिकलाई स्वदेश ल्याउँदा लाग्ने सबै रकम कोषबाट व्यहोरिने छ । निर्देशिकाले तोकेको मापदण्डभित्र पर्ने श्रमिक अहिले नै फर्किसकेको भएमा लागेको रकम फिर्ता दिने व्यवस्था समेत गरेको छ ।

सम्बन्धित रोजगारदाताले श्रमिकलाई हवाई शुल्क उपलब्ध गराउने वा नगराउने, श्रमिकको अवस्था, तलबलगायत सेवासुविधा पाएको वा नपाएकोबारे सम्बन्धित देशमा रहेका दूतावासले छानबिन गर्नेछन् । यसअघि नेपालीको स्वदेश फिर्तीको लागि सरकारले श्रमिक आफैंले खर्च व्यहोर्नुपर्ने व्यवस्था गरेको थियो ।

आफैंले रकम तिर्नुपर्ने व्यवस्थाका कारण धेरै श्रमिक अहिले फर्कन सकेका छैनन् । सरकारलाई कल्याणकारी कोषको रकम प्रयोग गरेर उद्धार गर्नका लागि सर्वोच्च अदालतले एक महिनाअघि नै अन्तरिम आदेश जारी गरेको थियो । मन्त्रिपरिषदले निर्देशिका स्वीकृत गरेसँगै टिकट काट्ने पैसा नभएर विदेशमा अलपत्र नेपालीको निःशुल्क उद्धार गर्ने बाटो खुलेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु:

पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान चलाइने

Previous articleसाउदीमा Exit Visa लगाउन आवेदन दिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना
Next article२० जुलाई पछी साउदीको दम्माम बाट उड्न पाउनेहरुको नयाँ नाम लिस्ट आयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।