साउदीमा Exit Visa लगाउन आवेदन दिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना

0
72

साउदीमा Exit Visa लगाउन आवेदन दिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना

उज्यालो नेपाल, असार २३ – साउदी अरबमा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नविकरण नगरिएका नेपाली नागरिकहरुलाई साउदीमा रहेको नेपाली राजदुतावासले जरुरी सुचना प्रकाशित गरेको छ ! दुताबासले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत सम्वन्धित सबैलाई सुचना जारी गरेको छ ! यदि तपाई साउदीमा हुनुहुन्छ भने यो सूचनालाई अवश्य शे-यर गरि सबैलाई जानकारी गराउन सहयोग गरिदिनुहोला ! दुताबासको सुचना यस्तो छ !

नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसा (Exit visa) को लागि २०७६ पौष, माघ र फागुनमा दिएका निवेदनहरु मध्ये केही व्यक्तिहरुको Exit भीसा प्राप्त भएको सूचना ।

साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा(Exit Visa) सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई अनुरोध गरेकोमा साउदी सरकारले वहिर्गमन भीसा प्रदान गर्ने प्रकृयाको थालनी गरेको छ ।

वहिर्गमन भीसाका लागि राजदूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको भएता पनि कोरोना संक्रमणका कारण अवरूद्ध यो प्रकृया हाल सुचारू भएको छ । यो प्रकृयो थालनी पछि साउदी सरकारले हालसम्म ४२१ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ ।यस मध्ये १ देखि ३०८ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको छ ।

साथै, वहिर्गमन भीसाका लागि आवेदन दिन बांकी रहेका अकमा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने व्यहोरा समेत अनुरोध गरिन्छ । यस विषयमा नेपाली राजदूतावासको फेसबुक पेज नियमित हेर्नुहुन पनि अनुरोध छ । नेपाली राजदूतावास रियाद । २०७७।४।०१

Exit Visa प्राप्त भएका व्यक्तिहरुको नामावली 

धुनीवेशी पार्क आम्दानीको राम्रो श्रोत बन्दै (फोटो फिचर)

Previous articleरियाद बाट उडान हुनेहरुको नयाँ नाम लिस्ट आयो, हेर्नुहोस् दुतावासको सुचना
Next articleरियादमा रहेको दुताबासको सुचना: रियाद बाट उडान हुनेहरुको नयाँ नामलिस्ट आयो