फरुवा प्रहारबाट आमाको हत्या

वीरेन्द्रनगर — सुर्खेतमा छोराले आमाको हत्या गरेका छन् ।शुक्रबार बिहान भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३५ वर्षीय कविराम बस्नेतले ५० वर्षकी आमा धनिकलालाई फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेको अवस्थामा कविरामले फरुवाले टाउकोमा प्रहार गरेका थिए । प्रदेश अस्पताल सुर्खेतमा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजारबाट पक्राउ गरेको छ ।
अत्यधिक मदिरा सेवन गर्ने गरेको र आवेगमा आएर उनले आमालाई फरुवा प्रहार गरेको प्रहरीको भनाइ छ ।

Previous articleसरकारी ऋण २७ खर्ब ४३ अर्ब, तीन महिनामा थपियो ५० अर्ब
Next articleघुँगी खोज्न गएका वृद्ध रिउ खोलामा मृत फेला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।