प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिदैँ

0
114

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । यसका लागि संसद बैठक दिउँसो १ बजे बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार ३१ गते पद तथा गोपनियताको सपथ गरेका थिए ।

संविधान अनुसार प्रधानमन्त्रीको पदभार ग्रहण गरेको ३० दिन भित्र विश्वासको मत लिन सकिने भएपनि ओलीले एक साता भित्रै विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसको सहयोगमा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेसको ८८, नेकपा एमालेको ७८, अशोक राई नेतृत्वको जसपाको ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी १९४ मत पक्षमा आउने देखिन्छ ।

नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादी, राप्रपाले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा १, राष्ट्रिय जनमोर्चा १, स्वतन्त्र २ सांसदले मत कता दिने विषयमा निर्णय गरिसकेका छैनन् । संसदमा हाल कायम संसद् संख्यामध्ये विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक पर्छ ।

Previous articleचितवनमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते, १ को अवस्था गम्भीर
Next articleबागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने