अब केहि समय पछी विदेश बाट आउँदा काठमाडौँ होइन, लुम्बिनी ओर्लन पाईन्छ, यस्तो बन्यो गौतमबुद्ध विमानस्थल (फोटो फिचर)

अब केहि समय पछी विदेश बाट आउँदा काठमाडौँ होइन, लुम्बिनी ओर्लन पाईन्छ, यस्तो बन्यो गौतमबुद्ध विमानस्थल (फोटो फिचर)

भैरहवा–गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य जारी छ। तर प्रविधिक र उपकरणहरु विदेशमै रोकिएपछि विगतमा जसरी तीब्र गतिमा काम हुन सकिरहेको छैन। बितेका २ वर्षमा करिब ४० प्रतिशत भन्दा बढी प्रगति गरेको आयोजनाको काममा अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले असर पुर्‍याएको छ। ३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको आयोजना अहिलेसम्म निर्माणकै क्रममा छ।

Gautam Buddha International Airport

विषम परिस्थितिले ३ महिना बढी लकडाउनमा पनि विमानस्थल निर्माणको काम भने रोकिएको छैन। २९ चिनियाँसहित अढाइ सय जनशक्तिको नियमित कामले विमानस्थलको संरचना अन्तिम स्वरुपमा आएको छ। चीन, थाइल्याण्ड, अष्ट्रेलियालगायतका देशबाट आउनुपर्ने केही उपकरण र दक्ष प्राविधिकहरु नआउँदा निर्माण कार्य प्रभावित भएपनि चिनियाँ निर्माण कम्पनीले निरन्तर काम गरिरहेको छ।

Gautam Buddha International Airport

‘उपलब्ध जनशक्तिले हुनसक्ने पुर्वाधारको सबै काम अन्तिम चरणमा छ, अहिले हामी उपकरण ल्याउनमा जोड गरेका छौ’–विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने–आईसीबी–१कोे अधिकांश उपकरण आएर जडान भएको छ, आइसीबी–२ अन्तर्गतका सिएनएस (कम्युनिकेशन, नेभिगेशन र सरभिलेन्स) को काम मध्ये भिओआर/डीएमई सञ्चार उपकरण, मौसम पूर्वानुमान उपकरणहरु ९५ प्रतिशत भन्दा बढी आइसकेको छ।’ बाँकी उपकरण र विशिष्ट दक्ष प्रविधिक (एरोथाई कम्पनीका प्रविधिक)हरु ल्याउने विषयमा छलफल भइरहेको अधिकारीले बताए।

Gautam Buddha International Airport

हालै विमानस्थलको संरचनामा ५ वटा डिभिजन हुने स्वीकृति पनि तय भइसकेको छ। विमानस्थल प्रमुखको मातहतमा रहने गरी एयर नेभिगेशन, एयरर्पोट अप्रेशन, सिभिल इन्जिनियरिङ, इलेक्ट्रो मेकानिकल र म्यानेजमेन्ट सर्भिसेज गरी ५ वटा डिभिजनबाट विमानस्थल सञ्चालन हुने तय भएको अधिकारीले बताए।

Gautam Buddha International Airport

रोकिएका चिनियाँ उपकरणहरुमध्ये केही ल्हासा सम्म आएका छन् भने अन्य आउने प्रक्रियामा रहेको आयोजनाले जनाएको छ। ‘जुलाईको अन्त्यसम्म जलमार्ग र स्थलमार्गबाट आउने सबै उपकरण विमानस्थलमा आउँछ, लकडाउनको समयमा कामलाई निरन्तरता दिएर हामीले चौथो ट्याक्सीवे, तारबार र माटो फिलिङ, रंगरोगन, एसी वायरिङ र रनवे लगायतका विद्युतीय काम सम्पन्न गरेका छौं–उनले भने–यसका साथै सञ्चालनयोग्य बनाउनका लागि चाहिने सबै नदीजन्य कच्चापदार्थ पनि मौज्दात गरिसकेका छौं, जसले विमानस्थलको छिटफुट र भित्री पेरिमिटर सडक निर्माणको काम हुनेछ।’

Gautam Buddha International Airport

आयोजनाका अनुसार अहिलेको भौतिक प्रगति ९१ प्रतिशत छ। कोरोना भाइरसका कारण विदेशी उपकरणहरु आउन नपाएपछि काम प्रभावित भयो आयोजनाले डिसेम्बर सम्म म्याद थपका लागि सिफारिस पठाएको छ। अहिले म्याद थपका लागि प्रक्रियामै छ, म्याद थपको आधिकारिक पत्र आएको छैन। करिब एक अर्बको लागतमा प्राधिकरणकै लगानीमा कार्गो भवन निर्माण प्रक्रियामै छ।

Gautam Buddha International Airport

दैनिक १६ हजार यात्रुलाई सेवा दिने दिर्घकालीन लक्ष्य रहेको विमानस्थल टर्मिनल संरचना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा सानो भएपनि अत्याधुनिक र स्तरीय रहेको आयोजनाले जनाएको छ। विमानस्थलको सञ्चालनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विदेशसँग जोड्न र एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई घटाएर विकल्पको रुपमा प्रयोग गर्न सकिने सरकारको विश्वास छ।

Gautam Buddha International Airport

६ अर्ब ८२ करोडको लगानीमा निर्माणाधीन आइसिबी १ स्तरको विमानस्थल चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ भने करिब ५० करोडको लगानीमा आईसिबी–२ अन्तर्गतको काम थाइल्यान्डको एरो थाई कम्पनीले गरिरहेको छ। मोहम्मद हबिब/ लुम्बिनी टाईम्स बाट 

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्यास

Previous articleनारीका चार चरित्र, को कति से’क्सी ?
Next articleरवि लामिछाने पुगे प्रदेश नम्बर दुईमा, हेर्नुहोस् सार्वजनिक भएका ७ तस्बिर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।