खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका–८ चैनपुरचोकमा कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई शनिबार राति १२ बजेतिर ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका ७ बस्ने १९ वर्षीय श्रीराम कंडेल र पछाडि सवार चितवनको राप्ती नगरपालिका ५ बस्ने २० वर्षीया बिमला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।




