चितवन। कालिका–८ गैरीबारीमा आजदेखि दोस्रो स्व. पहलाल श्रेष्ठ स्मृति कप–२०८२ महिला फुटबल प्रतियोगिता सुरु भएको छ । कार्यक्रमको उद्घाटन कालिका नगरपालिकाका उप–प्रमुख विमला तामाङले गरेकी थिइन्।
प्रतियोगिताको पहिलो खेलमा आयोजक साईमन स्पोर्टस र ज्यामिरे एफसी बीच भएको खेलमा आयोजकल टिमले ८–० को फराकिलो जित निकाल्यो । विजयी टिमबाट प्रतिक्षा मल्ल ठकुरी ६ गोल गर्दै ‘म्यान अफ द म्याच’ घोषित भइन् ।
प्रतियोगिताको उद्घाटन सत्रमा आयोजना गरिएको अनौपचारिक लुंगी फुटबलमा झरना एफसी गैरीवारीलाई आयोजक साईमन स्पोर्टसले ट्राईबेकरमा पराजित गरेको छ ।
भोलि आईतबार माउन्टेन एफसी नवलपुर र आरएस पोखरा कास्की भिड्नेछन्च । प्रतियोगिता गैरीबारीचोकस्थित खेलमैदानमा हुने छ ।




