Home खेलकुद चितवनको कालिकामा महिला फुटबल सुरु, आयोजक साईमन स्पोर्टसको शानदार जित

चितवनको कालिकामा महिला फुटबल सुरु, आयोजक साईमन स्पोर्टसको शानदार जित

चितवन। कालिका–८ गैरीबारीमा आजदेखि दोस्रो स्व. पहलाल श्रेष्ठ स्मृति कप–२०८२ महिला फुटबल प्रतियोगिता सुरु भएको छ । कार्यक्रमको उद्घाटन कालिका नगरपालिकाका उप–प्रमुख विमला तामाङले गरेकी थिइन्।

प्रतियोगिताको पहिलो खेलमा आयोजक साईमन स्पोर्टस र ज्यामिरे एफसी बीच भएको खेलमा आयोजकल टिमले ८–० को फराकिलो जित निकाल्यो । विजयी टिमबाट प्रतिक्षा मल्ल ठकुरी ६ गोल गर्दै ‘म्यान अफ द म्याच’ घोषित भइन् ।

प्रतियोगिताको उद्घाटन सत्रमा आयोजना गरिएको अनौपचारिक लुंगी फुटबलमा झरना एफसी गैरीवारीलाई आयोजक साईमन स्पोर्टसले ट्राईबेकरमा पराजित गरेको छ ।

भोलि आईतबार माउन्टेन एफसी नवलपुर र आरएस पोखरा कास्की भिड्नेछन्च । प्रतियोगिता गैरीबारीचोकस्थित खेलमैदानमा हुने छ ।

Previous articleरत्ननगरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते
Next articleचितवनमा कन्टेनरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।