चितवनको इच्छाकामना बलेरो दुर्घटनाः ४ घाइते, एकको अवस्था गम्भिर

Click Image

चितवन, कार्तिक २५– चितवनका इच्छाकामना गाउँपालिकामा आज साँझ बलेरो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । इच्छाकामना–२ हपनी स्थित भित्री सडक खण्डमा फिस्लिङबाट हपनी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ झ ६६६२ नम्बरको हपनी कृषिको बलेरो सडक देखी अन्दाजी ५०० मिटर तल खसेको हो ।

बलेरोमा सवार रहेका ४ जना घाइते भएका छन् । घाइते हुनेमा बलेरो चालक इच्छाकामना–२ बस्ने २५ का विकास प्रजा, सोही स्थानका ८० वर्षका बीर बहादुर प्रजा, वर्ष १९ का विष्णु प्रजा र वर्ष ३४ का कर्ण बहादुर प्रजा रहेका छन् ।

घाइते मध्ये ८० वर्षीय बीरबहादुरको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बलेरोलाई कृषि एम्बुलेन्सको रुपमा प्रयोग गरिएको थियो ।

Previous articleपिठुवा सिंचाईको ३१ औं साधारणसभा; जमिन रिचार्ज र बाँध निर्माणमा जोड
Next articleअस्ट्रेलियामा भएको सवारी दुर्घटनाः चितवनका तीन जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।