अस्ट्रेलियामा भएको सवारी दुर्घटनाः चितवनका तीन जनाको मृत्यु

चितवन, कात्तिक २७-अस्ट्रेलियामा सवारी दुर्घटना हँदा चितवन ज्योतिनगरका तीन जनाको मृत्यु भएको छ । भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

कारका चालक (बाबु) ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला (आमा) र तीन वर्षीया एक बालक (छोरा) को दुर्घटनास्थलमै मृत्यु भएको हो । उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । घाइते मृतक महिलाकी आमा रहेको समाचारमा उल्लेख छ ।
घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनापछि भिक्टोरियाका वाणिज्य दूत नीराजन गौलीले नीकै पीडादायक घट्ना घटेको बताएका छन् । एकै परिवारका तीन सदस्यको निधन भएको र एक जनाको उपचार भइरहेको उनले पुष्टि गरेका छन्

एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले परिवारसँग सम्पर्क भइरहेको र आफूहरू आवश्यक सहयोगको लागि तयार रहेको समेत बताए ।

Previous articleHow to Improve Your Winning Chances with Rhino Casino Game Tips
Next articleCandyland Casino Mobile Friendly Features to Boost Your Gaming Fun
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।