अन्तराष्ट्रिय उडान खोलेर नेपालले ग’ल्ती गर्दैछ, ठूलो क्ष’ति भोग्नुपर्छ: ड़ा. रविन्द्र पाण्डे

अन्तराष्ट्रिय उडान खोलेर नेपालले ग’ल्ती गर्दैछ, ठूलो क्ष’ति भोग्नुपर्छ: ड़ा. रविन्द्र पाण्डे

हिंजो बसेको मन्त्रिपरिषद्को बैठकले भाद्र १ गतेदेखि आन्तरिक तथा अन्तराष्ट्रिय उडान संचालन गर्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयपछि जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेले भने यो हतारको निर्णय भएको संज्ञा दिएका छन् । उनले होलसेलमा गरिएको यो निर्णय नेपालको लागि प्रत्युत्पादक बन्न सक्ने बताएका हुन् । अन्तराष्ट्रिय उडान गर्ने बित्तिकै नेपाल कोरोना संक्रमणबाट सुरक्षित छ भनेर भारत लगायत बिभिन्न देशबाट ठूलो संख्यामा संक्रमितहरु नेपाल आएमा समुदायमा कोरोना संक्रमण फैलिने खतरा हुनेछ ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पाण्डेले उक्त कुरा बताएका हुन् । उनी अगाडी लेख्छन् ।

सरकारले हवाइ उडानलाई यसरी निर्णय गर्नु पर्थ्यो

१. भाद्र १ गतेदेखि संक्रमण कम भएका जिल्लामा आन्तरिक उडान गर्ने ।

२. असोज १ देखि नेपाली कामदार भएका देशमा तथा कोरोना संक्रमण नियन्त्रण भएका देशमा मात्र अन्तराष्ट्रिय उडान संचालन गर्ने ।

३. कार्तिकदेखि क्रमशः संक्रमण नियन्त्रण भएका देशबाट हवाइ संचालनको अनुमति दिने ।

यो महामारी र सम्भावित सेकेन्ड वेभ ( कार्तिक / मङ्सिर देखि सुरु हुनसक्ने ) को लागि हामी पूर्ण रुपमा तयारी गर्नुपर्ने अवस्था छ । चाडपर्वको लागि २-३ लाख नेपाली भारतबाट आउन सक्ने तथा करिब १ लाख नेपाली अन्य देशबाट नेपाल आउने सम्भावना छ । उहाँहरुलाई राख्ने होल्डिंग सेन्टर / क्वारेन्टाइन व्यस्थित गर्ने, परीक्षणको क्षमता बढाउने तथा संक्रमितलाई राख्नको लागि आइसोलेसन सेण्टरको प्रबन्ध गर्ने काम सकेर मात्र निर्णय गर्नु बुद्धिमानीपूर्ण निर्णय हुनेछ ।

हामीले यो तथ्य नबिर्सौं, नेपालमा कोरोना संक्रमण हराएको छैन । ठूला सहर, संक्रमित गाउँ तथा बोर्डर क्षेत्रमा ब्यापक परीक्षण गरेर निचोडमा नपुग्ने बेलासम्म अपरिपक्व निर्णय नगरौं । सरकारको फितलो अनुगमन हाल चलेका सार्वजनिक यातायातले देखाएका छन् ।

अर्को कुरा महामारी अन्त्य नहुन्जेलसम्म बिकसित देशबाट कुनै पनि पर्यटक नेपाल भ्रमणमा आउने छैनन् । न त हामीहरु भ्रमण गर्न कुनै देशमा जानेछौं । नेपाली कामदार, बिद्यार्थी तथा बाहिर रहनुभएका नेपालीलाई आफ्नो देश आउनको लागि सहजीकरण गर्ने उद्देश्य राखेर मात्र हवाईजहाज संचालन गर्नु सुरक्षित हुनेछ ।

नवलपरासीको प्रतापपुरमा एक दम्पत्तिको विभत्स हत्या

Previous articleघरेलु कोदोको र’क्सीलाई ब्या’ण्ड नगरी ब्रा’ण्डको रुपमा विदेश नि’र्यात गरौंः सांसद उषाकला राई
Next articleरत्ननगर हात्तिगाड़ेको भद्रकाली मा बि. मा आईटि ल्याब स्थापना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।