रत्ननगर हात्तिगाड़ेको भद्रकाली मा बि. मा आईटि ल्याब स्थापना

श्रमिका दुवाडी, ७ साउन- चितवनको रत्ननगर नगरपालिका, हात्तिगाड़ेमा रहेको भद्रकाली माध्यमिक विद्यालयमा आईटि ल्याब स्थापना गरिएको छ । नेपाल दुरसंचार प्राधिकरणको सहयोगमा विद्यालयमा आईटि ल्याब सञ्चालन गरिएको हो । प्राधिकरणले २४ वटा कम्प्युटर सेट सहयोग गरेपछि ल्याब सञ्चालन गर्न सम्भव भएको  रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापाले बताए । प्रयोगशालामा अत्याधुनिक प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम लगायत सामान जडान गरिएको छ!

विद्यलयमा सुविधासम्पन्न सुचना प्रबिधिमैत्री ल्याब भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीको शैक्षिक प्रगतिमा फाईदा पुग्ने अपेक्षा गरिएको छ । विद्यालयमा अध्ययरत बालबालिकालाई सूचना प्रविधिबारे ज्ञान दिलाउन र त्यसका माध्यमबाट भविष्यमा दक्ष युवाशक्ति उत्पादन गर्न यो कार्यक्रमले सघाउ पुर्‍याउने सोहि विद्यालयका पुर्व प्रधानाध्यापक भिम बहादुर थापाले बताए !

 

विधालयको नवनिर्मित भवनमा ल्याब स्थापना गरिएको हो! यस अघि वडाध्यक्ष थापाकै सक्रियतामा विभिन्न संघसंस्था, छिमेकी विद्धालय, वडा कार्यालय लगायत स्थान बाट पुराना कम्प्युटर संकलन गरि विधार्थीलाई कम्प्युटर शिक्षा दिदै आईएको थियो !  नेपाल दूरसंचार प्राधिकरणले  ग्रामीण दूरसञ्चार कोषको रकम खर्च गरि देशभरका विद्यालयहरुमा कम्प्यूटर ल्याब स्थापना गर्ने कार्य भईरहेको छ ।

साथै सोहि विधालयमा रहेको पुस्तकालयलाई पनि थप व्यवस्थित गरिदै छ! पुस्तकालयमा आवश्यक पर्ने फर्निचरहरु थप गरि पुस्तकहरु थप्ने काम अहिले जारी छ! अब विधालयका शिक्षक-विधार्थीले मात्र नभई समाजका जो सुकै व्यक्तिले पनि उक्त पुस्तकालयको प्रयोग गर्न पाउने वडाध्यक्ष थापाले बताए ! प्रदेश सरकारको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम पनि यस विधालयमा लागु भएको छ!

राजनीतिक भर्तीकेन्द्र र भ्रष्टाचारका कारण निकै जर्जर बनेको सो विधालयमा केहि वर्ष देखि विधालय व्यवस्थापन र शिक्षकशिक्षिकाहरुमा केहि नयाँ अनुहारहरु थपिए संगै विधालयको मुहार नै फेरिदै गएको अनुभूति गर्न थालिएको छ!

यो पनि पढ्नुहोस् 

माधवपुर आधारभूत विधालय बाट लाखौको धनमाल चोरी

 

नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित नौ जना विरुद्ध भ्रष्टाचारको आरोप

Previous articleअन्तराष्ट्रिय उडान खोलेर नेपालले ग’ल्ती गर्दैछ, ठूलो क्ष’ति भोग्नुपर्छ: ड़ा. रविन्द्र पाण्डे
Next articleसाउदीमा रहेको नेपाली दुताबासको अत्यन्त जरुरी सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।