युएई बाट विभिन्न मितिमा चार्टर्ड उडान हुँदै; यस्तो आयो दुतावासको सूचना

युएई बाट विभिन्न मितिमा चार्टर्ड उडान हुँदै; यस्तो आयो दुतावासको सूचना

उज्यालो नेपाल, श्रावण ११- युएईमा रहेको नेपाली दुताबासले युएई चार्टर्ड उडान मार्फत स्वदेश फर्कन फारम भरेका व्यक्तिहरुलाई सुचना जारी गरेको छ! विभिन्न मितिमा चार्टर्ड उडान हुने र त्यस उडान मार्फत नेपाल फर्कनको लागी टिकटको बन्दोबस्त गर्न भन्दै दुताबासले यस्तो सुचना जारी  गरेको हो! यदि तपाई यो सुचना पढ्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी सबैले एक-एक शे-यर अवश्य गरिदिनुहोला ! दुताबासको सुचना यस्तो छ!

कोभिड-१९ विश्वव्यापी महामारीका कारण संयुक्त अरब ईमिरेट्स (युएई) बाट नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको लागी चार्टर्ड उडानहरु मार्फत नेपाल फर्काउने क्रम जारी छ! यस अन्तर्गत युएईको आबुधाबी, दुबई र शारजाहा विमानस्थल बाट नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, एयर अरेबिया, ईतिहाद एअरवेज र फ्लाई दुबईका ४९ वटा उडानहरु बाट हालसम्म करिब ७५०० नेपालीहरु स्वदेश फर्किसक्नु भएको छ !

यस दुताबासले गत २८ अप्रिल २०२० देखि खुला गरेको नेपालीहरुको विवरण संकलन फारम (Registration Form for Nepali Nationals in tne UAE) भर्ने र अन्य माध्यमहरु (टेलिफोन, ईमेल एवम् फेसबुक) बाट राजदुतावासमा सम्पर्क गरि नेपाल फर्कन नाम टिपाउनु हुने नेपालीहरुको एकीकृत नामावली १२ जुलाई २०२० मा सार्वजनिक गरिएको थियो !

आगामी दिनहरुमा सयुक्त अरब ईमिरेट्स बाट काठमाडौँका लागी देहाय बमोजिमका उडानहरु तय भएकाले उक्त प्रकाशित एकीकृत नामावलीमा नाम समावेश भएका नेपाली महानुभावहरुले आफुलाई पायक पर्ने मिति र एअरलाइन्स बाट टिकट लिन सक्नुहुनेछ!

नेपाल एअरलाइन्स

  • अगष्ट २, २०२०/ दुबई
  • अगष्ट ४, २०२०/ दुबई
  • अगष्ट ६, २०२०/ दुबई
  • अगष्ट ८, २०२०/ दुबई

हिमालय एअरलाइन्स 

  • अगष्ट १, २०२०/ अबुधाबी
  • अगष्ट २, २०२०/ अबुधाबी
  • अगष्ट ३, २०२०/ अबुधाबी
  • अगष्ट ५, २०२०/ अबुधाबी

एअर अरेबिया 

  • अगष्ट १, २०२०/ शारजँहा
  • अगष्ट २, २०२०/ शारजँहा
  • अगष्ट ६, २०२०/ शारजँहा
  • अगष्ट ७, २०२०/ शारजँहा

फ्लाई दुबई 

  • जुलाई  ३१, २०२०/ दुबई
  • अगष्ट ३, २०२०/ दुबई
  • अगष्ट ४, २०२०/ दुबई

इतिहाद एअरवेज 

  • अगष्ट १, २०२० अबुधाबी
  • अगष्ट १, २०२० अबुधाबी

उडान तालिका सम्वन्धि थप जानकारी सम्बन्धित एअरलाइन्सहरु बाट लिन सकिनेछ ! सम्बन्धित एअरलाइन्सहरुको सम्पर्क ठेगाना देहाय बमोजिम रहेको छ! 

मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा

Previous articleविदेशबाट सरकारी खर्चमा उद्धारका लागि सूचि बनाउने जिम्मा दूतावासको
Next articleतालमा डुबेका १५ वर्षीय बालकलाई बचाउन गएका दूई युवाले आफ्नै ज्यान गुमाए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।