जनजागृति मा.वि. पिठुवामा विद्यालय व्यवस्थापन समिति गठन

रत्ननगर, चितवन। रत्ननगर नगरपालिका–१४, पिठुवा स्थित जनजागृति माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। पुरानो समितिको कार्यकाल सकिए संगै नयाँ समिति गठन गरिएको हो ।

गठित समितिको अध्यक्षमा श्री बद्रीप्रसाद अर्याल चयन भएका छन्। त्यस्तै सदस्यहरुमा वडा नं. १४ का वडा अध्यक्ष तथा वडा प्रतिनिधि होमनाथ रानाभाट, जानुका भण्डारी, सीता नेपाल, लक्ष्मी धमला ढकाल, सुन्दर कट्टेल तथा गणेशजङ्ग रायमाझी चयन भएका छन् ।

विद्यालयका प्रधानाध्यापक समितिको सदस्य सचिवको रूपमा रहने प्रावधान छ। सो अनुसार प्रधानाध्यापक नरेन्द्र कुमार श्रेष्ठ सदस्य सचिवको रुपमा रहने छन् ।

नवगठित विद्यालय व्यवस्थापन समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुदृढीकरण तथा भौतिक र शैक्षिक विकासमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Previous articleसौराहामा हुन लागेको चितवन हात्ती महोत्सवको पुनर्विचार गर्न आह्वान
Next articleरत्ननगरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।