उज्यालो नेपाल, पुष ११- चितवनको रत्ननगर नगरपालिका–९ टिकौलीस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
गए राती करिब २ः४५ बजेको समयमा भरतपुरबाट टाँडी तर्फ आउँदै गरेको बा.प्र.०२–०३४ प ५२०५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकल चालक माडी नगरपालिका–१ गर्दी निवासी २० वर्षका तृशल महतो र मोटरसाइकलको पछाडि सवार सोही ठाउँ निवासी १९ वर्षका अंकित महतो घाइते भएका थिए।

दुर्घटनापछि दुवै घाइतेलाई उपचारका लागि सेन्ट्रल अस्पताल भरतपुर लगिएको थियो। उपचारकै क्रममा मोटरसाइकल चालक तृशल महतोको राति करिब ३ः३० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।



