२०, २३, २६ र २८ अगष्टमा साउदी बाट ७ उडान हुँदै, नेपाली दुताबासको यस्तो आयो सूचना

२०, २३, २६ र २८ अगष्टमा साउदी बाट ७ उडान हुँदै, नेपाली दुताबासको यस्तो आयो सूचना

 

उज्यालो नेपाल, साउन २९ – साउदी अरबको रियादमा रहेको नेपाली राजदुतावासले २०, २३, २६ र २८ अगष्टमा साउदीको रियाद र दम्माम बाट नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको उडान मार्फत नेपाल फर्कने नेपालीहरुको लागी अत्यन्त जरुरी सुचना जारी गरेको छ ! २०, २३, २६ र २८ अगष्टमा हुने उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको रियादस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको सुची पनि सार्वजनिक गरेको छ ! यस्तो छ दुताबासको सूचना !

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट प्राप्त जानकारी बमोजिम नेपाल एअरलाइन्स र हिमालय एयरलाइन्सले आगामी दिनहरूमा साउदी अरबको रियादमा र दमाम बाट निम्न बमोजिमको उडान गर्ने तालिका प्राप्त भएको छ उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरु को शुचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एअरलाइन्स र हिमालय एयरलाइन्सको आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको छ!

 

राजदूतावासबाट यसअघि विभिन्न मितिमा प्रकाशित गरेका सूचीमा नाम परेका तर हालसम्म स्वदेश फर्किन सकेका हरु स्वदेश नफर्कि दिँदासम्म प्राथमिकता सूचीमै रहने सम्बन्धी सम्बन्धित यात्रु तथा एअरलाइन्सलाई जानकारी गराईन्छ!

हवाई टिकट को लागि नेपाली एयरलाइन्सले तोकेको Gilt travels and tours private limited का श्री रमेश श्रेष्ठ टेलिफोन नम्बर ००९६-५८३९५१२३४, प्रेम गौतम ००९६६-५९७९२०४६५, ००९६६-५८०५९६१४०, ००९६६-५५३१०१६४४ (Whatsapp) मा सम्पर्क गर्नुहुन अनुरोध छ!

हिमालय एयरलाइन्सको दमामस्थित प्रतिनिधि श्री सुभाष तिमल्सिना टेलिफोन नम्बर ००९६६-५९८४००१९८ र  श्री सुमित् पौडेल ००९६६-५४८५०००२९ मा सम्पर्क गर्नुहुन अनुरोध छ!

यात्रुहरुले कोभिड -१९ टेष्ट नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य रूपमा राख्नुपर्ने व्यहोरा अवगत नै छ! टिकट बुकिङ सुनिश्चिता पश्चात मात्र कोभिड -१९ टेष्ट गर्नुहुन अनुरोध छ! उडान मिति भन्दा ४/५ दिन अगाडिमात्र  कोभिड -१९ टेष्ट गर्नुहुन अनुरोध छ! उडान सम्बन्धी सम्पूर्ण जानकारीको लागि सम्बन्धित एअरलाइन्सलाई नै सम्पर्क गर्नुहुन अनुरोध छ!

 

जीप दुर्घटना: मन्त्रीसहित पाँचजना घाइते 

Previous articleकुखुरा’को मासुमा पनि देखियो कोरोना भाइ’रस संक्रमण….
Next articleआमाको मायाले पुलपुलिएको खाडीको ‘तोरी लाउरे’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।